मुख्य समाचार
इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ
इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ

। इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ ।

भन्सार विभागका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र अन्य प्रकारका इन्धन आयातमा उक्त रकम बराबर विदेशिएको हो ।




सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको छ । यस आवमा कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४ खर्ब ७७ अर्ब ९९ करोड राजस्व उठेको छ ।

वस्तुगत हेर्दा यस वर्ष सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । कुल १ खर्ब २८ अर्ब ७६ करोड मूल्यको डिजेल आयात हुँदा सरकारले ५८ अर्ब ३८ करोड राजस्व उठाएको छ ।


त्यस्तै ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । जसबाट सरकारले ४२ अर्ब २५ करोड राजस्व संकलन गरेको छ । खाना पकाउने ग्यास आयातमा ६२ अर्ब ५८ करोड विदेशिएको छ । राजस्व संकलन ११ अर्ब ६७ करोड बराबर भएको छ ।

त्यसैगरी १८ अर्ब ७९ करोड रुपैयाँ बराबर हवाई इन्धन आयात भएको छ । जसबाट सरकारले २ अर्ब ९४ करोड राजस्व उठाएको भन्सार विभागको तथ्यांक छ । लुब्रिकेन्ट आयल ५ अर्ब ८१ करोड बराबर आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...