मुख्य समाचार
आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू
आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू

: आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू गरेको छ। भारत सरकारको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरू गरेका हुन्।



प्रशिक्षणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्दर शुभ कंशकार रहेका छन्।



पछिल्लो समय नेपाली क्रिकेटको विकासमा छिमेकी मुलुक भारतको निरन्तर सहयोग गर्दै आएको छ। जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि नेपाली क्रिकेटको विकासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो। त्यतिबेला भारतीय विदेशमन्त्री जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूसँग नेपालको समग्र क्रिकेटको विकासबारे छलफल गरेका थिए। छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कप्तान रोहित पौडेलसहितका खेलाडीहरू सहभागी थिए। विदेशमन्त्री जयशंकरले त्यतिबेला नेपाली क्रिकेटको विकासमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।




सोही भेटपछि क्यान र भारतको क्रिकेट बोर्ड बीसीसीआईबीच सहकार्य हुँदै आएको छ। सोही सहकार्यअन्तर्गत गत वर्षको अप्रिलमा नेपालले भारतको बरोडा र गुजरातसँग टी-२० प्रतियोगिता खेलेको थियो। अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपको तयारीका लागि नेपालले भारतको राज्यस्तरीय टोलीसँग अभ्यास खेल खेलेको थियो।
त्यसपछि सोही वर्षको अगस्टमा बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा नेपाली टोलीले प्रशिक्षणको अवसर पाएको थियो। त्यस्तै महिला राष्ट्रिय टोलीका सदस्यलाई पनि भारतले प्रशिक्षणमा सघाएको थियो। थाइल्यान्डमा भएको आइसीसी महिला विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि गत अप्रिलमा महिला खेलाडीले दिल्लीमा प्रशिक्षण गरेका थिए।

त्यस्तै नेपालको युवा टोलीको वृत्ति विकासमा पनि भारत सरकारले सहयोग गर्दै आएको छ। आइसीसी यु-१९ विश्वकप छनोट प्रतियोगिताका लागि गत मार्चमा नेपालले दिल्लीको यु-१९ टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यतिमात्र होइन नेपालका तीन जना युवा खेलाडीलाई भारतले भोपालमा एक महिने लामो व्यवसायिक प्रशिक्षणमा सहभागी गराएको थियो। जसमा यु-१९ टोलीका दुई जना पुरुष खेलाडी र महिलाबाट राष्ट्रिय टिममा समेत खेलिरहेकी पूजा महतो रहेका छन्।

हुन त त्यसअघि पनि भारत सरकारले नेपाली क्रिकेट क्षेत्रलाई सहयोग गर्दै आएको थियो। सन् २०१३ मा भारत सरकारले क्यानलाई बस उपहार दिएको थियो। त्यस्तै २०२३ मा काठमाडौंस्थित भारतीय राजदूतावासले वीपी कोइराला भारत-नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन लिमिटेडमार्फत नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई व्यावसायिक खेलकुद उपकरणहरू प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम