मुख्य समाचार
आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू
आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू

: आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरू गरेको छ। भारत सरकारको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरू गरेका हुन्।



प्रशिक्षणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्दर शुभ कंशकार रहेका छन्।



पछिल्लो समय नेपाली क्रिकेटको विकासमा छिमेकी मुलुक भारतको निरन्तर सहयोग गर्दै आएको छ। जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि नेपाली क्रिकेटको विकासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो। त्यतिबेला भारतीय विदेशमन्त्री जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूसँग नेपालको समग्र क्रिकेटको विकासबारे छलफल गरेका थिए। छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कप्तान रोहित पौडेलसहितका खेलाडीहरू सहभागी थिए। विदेशमन्त्री जयशंकरले त्यतिबेला नेपाली क्रिकेटको विकासमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।




सोही भेटपछि क्यान र भारतको क्रिकेट बोर्ड बीसीसीआईबीच सहकार्य हुँदै आएको छ। सोही सहकार्यअन्तर्गत गत वर्षको अप्रिलमा नेपालले भारतको बरोडा र गुजरातसँग टी-२० प्रतियोगिता खेलेको थियो। अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपको तयारीका लागि नेपालले भारतको राज्यस्तरीय टोलीसँग अभ्यास खेल खेलेको थियो।
त्यसपछि सोही वर्षको अगस्टमा बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा नेपाली टोलीले प्रशिक्षणको अवसर पाएको थियो। त्यस्तै महिला राष्ट्रिय टोलीका सदस्यलाई पनि भारतले प्रशिक्षणमा सघाएको थियो। थाइल्यान्डमा भएको आइसीसी महिला विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि गत अप्रिलमा महिला खेलाडीले दिल्लीमा प्रशिक्षण गरेका थिए।

त्यस्तै नेपालको युवा टोलीको वृत्ति विकासमा पनि भारत सरकारले सहयोग गर्दै आएको छ। आइसीसी यु-१९ विश्वकप छनोट प्रतियोगिताका लागि गत मार्चमा नेपालले दिल्लीको यु-१९ टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यतिमात्र होइन नेपालका तीन जना युवा खेलाडीलाई भारतले भोपालमा एक महिने लामो व्यवसायिक प्रशिक्षणमा सहभागी गराएको थियो। जसमा यु-१९ टोलीका दुई जना पुरुष खेलाडी र महिलाबाट राष्ट्रिय टिममा समेत खेलिरहेकी पूजा महतो रहेका छन्।

हुन त त्यसअघि पनि भारत सरकारले नेपाली क्रिकेट क्षेत्रलाई सहयोग गर्दै आएको थियो। सन् २०१३ मा भारत सरकारले क्यानलाई बस उपहार दिएको थियो। त्यस्तै २०२३ मा काठमाडौंस्थित भारतीय राजदूतावासले वीपी कोइराला भारत-नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन लिमिटेडमार्फत नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई व्यावसायिक खेलकुद उपकरणहरू प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम