मुख्य समाचार
वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात
वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात

: वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।


गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेलजस्ता पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ९९ अर्ब ९५ करोड मूल्यबराबरको ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल र ३८ अर्ब ७२ करोड रुपैयाँ मूल्यबरबारको ४ लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको हो।



यस्तै, गत आर्थिक वर्षमै ३६ अर्ब ३७ करोड रुपैयाँ मूल्यबराबरको ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपी ग्यास, १६ अर्ब १४ करोड मूल्यको एक लाख ८० हजार ६६३ किलोलिटर एटीएफ, ६९ करोड रुपैयाँ मूल्यबराबरको ७ हजार ९३० किलोलिटर मट्टितेल आयात भएको हो।



वीरगन्ज भन्सार नाका हँुदै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार गत आर्थिक वर्षमा आयात भएका पेट्रोलियम पदार्थबाट वीरगन्ज भन्सार कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा पेट्रोलियम पदार्थको आयात घटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। उनका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ९४ करोड रुपैयाँ कम मूल्यको पेट्रोलियम पदार्थ आयात भएको बताए। पेट्रोलियम पदार्थको आयात घटे पनि त्यसबापत संकलन हुने राजस्व भने बढेको उनले बताए। लामिछानेले पेट्रोलियम पदार्थको आयातबाट हुने गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १०.२३ प्रतिशत अर्थात् ७ अर्ब ५१ करोड रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिए।

लामिछानेले गत आर्थिक वर्षमा वीरगन्ज भन्सारमा सबैभन्दा धेरै राजस्व संकलन पेट्रोलियम पदार्थकै आयातबाट गरिएको बताए। उनका अनुसार भन्सार कार्यालयको राजस्व संकलनमा पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन, औद्योगिक कच्चा पर्दाको योगदान बढी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...