मुख्य समाचार
भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइए
भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइए

: भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको हो। उनीहरूलाई चेतनारायण श्रेष्ठले प्रशिक्षण दिने छन्।


प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीमध्ये पाँच गोलरक्षक, नौ डिफेन्डर, सात मिडफिल्डर, सात विंगर र सात फरवार्ड छन्। गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिप खेलेका २३ मध्ये २२ खेलाडीलाई यू–१७ च्याम्पिनयसिपको बन्द प्रशिक्षणमा बोलाइएको छ। यू–१६ टोलीकी गोलरक्षक सुनिता स्याङ्तानले मात्र यू–१७ को बन्द प्रशिक्षणमा स्थान बनाउन सकिनन्।



प्रारम्भिक चरणमा बोलाएका खेलाडीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, भूपिका शाही, सबनम राई, दीक्षा रायमाझी, मीना चन्द, रेजिना लामा, अलिजाकुमारी बिक, ग्यान्सु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, अंशु विक, रबिना विक, आयुषा गुरुङ, डिकी स्याङ्बो तामाङ र कृतिशा तामाङ छन्।



यस्तै मीनमाया श्रेष्ठ, सहारा लिम्बू, कृपा दाहाल, बाब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, आसिका कार्की, अस्मिता मगर, मनिषा श्रेष्ठ, सविना तामाङ, पूजा गिरी, पूर्णिमा थारु, यमकुमारी विक, अनिता रानामगर, दीक्षा रानपाल र विपना परियारले पनि अन्तिम ३५ मा स्थान बनाएका छन्।

साफ यू–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुँदैछ। च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपका खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ। लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...