मुख्य समाचार
भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइए
भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइए

: भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको हो। उनीहरूलाई चेतनारायण श्रेष्ठले प्रशिक्षण दिने छन्।


प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीमध्ये पाँच गोलरक्षक, नौ डिफेन्डर, सात मिडफिल्डर, सात विंगर र सात फरवार्ड छन्। गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिप खेलेका २३ मध्ये २२ खेलाडीलाई यू–१७ च्याम्पिनयसिपको बन्द प्रशिक्षणमा बोलाइएको छ। यू–१६ टोलीकी गोलरक्षक सुनिता स्याङ्तानले मात्र यू–१७ को बन्द प्रशिक्षणमा स्थान बनाउन सकिनन्।



प्रारम्भिक चरणमा बोलाएका खेलाडीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, भूपिका शाही, सबनम राई, दीक्षा रायमाझी, मीना चन्द, रेजिना लामा, अलिजाकुमारी बिक, ग्यान्सु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, अंशु विक, रबिना विक, आयुषा गुरुङ, डिकी स्याङ्बो तामाङ र कृतिशा तामाङ छन्।



यस्तै मीनमाया श्रेष्ठ, सहारा लिम्बू, कृपा दाहाल, बाब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, आसिका कार्की, अस्मिता मगर, मनिषा श्रेष्ठ, सविना तामाङ, पूजा गिरी, पूर्णिमा थारु, यमकुमारी विक, अनिता रानामगर, दीक्षा रानपाल र विपना परियारले पनि अन्तिम ३५ मा स्थान बनाएका छन्।

साफ यू–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुँदैछ। च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपका खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ। लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम