मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन

: नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन गरेको छ। चितवनले एनपीएलको दोस्रो संस्करणका लागि आफ्नो लोगो परिवर्तन गरेको हो।


चितवनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चितवन सहरको पहिचानभन्दा ‘राइनोज’ अर्थात् गैंडाको प्रतीकलाई मुख्य प्राथमिकतामा राखेर नयाँ लोगो सार्वजनिक गरेको जनाएको छ। ‘गत सिजनको लोगोमा सहरको पहिचानलाई केन्द्रमा राख्दै ‘चितवन’ शब्दलाई अगाडि राखिएको थियो। यसपटक सार्वजनिक गरिएको लोगोमा ‘राइनोज’ अर्थात् गैंडालाई मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिएको छ’, विज्ञप्तिमा भनिएको छ’, एक यस्तो प्रतीक जसले हाम्रो टिमको मर्म र फ्यानहरूको भावना दुवैलाई जोड्छ।’



चितवनले यो परिवर्तनलाई केवल डिजाइनमा मात्र नभई समर्पण र गर्वको झल्कोका रूपमा पनि व्याख्या गरेको छ। ‘अहिलेको लोगोमा गैंडा, चितवन, नेपाली क्रिकेट र एनपीएललाई माया गर्ने लाखौं समर्थकहरूको प्रतिनिधि बनेर अगाडि आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भाव उही हो। पहिचान अझ मजबुद बनेको छ। गैंडा चितवनको मात्रै होइन, सिंगो देशको गर्व हो। यही प्रतीकलाई लिएर हामी सिजन २ मा अझ बलियो तरिकाले उत्रन तयार भएका छौं।’



गत सिजनमा मस्कट ‘मिस्टर गैंडा’ ले कमाएको अभूतपूर्व लोकप्रियताले फ्यानहरूको चाहनालाई स्पष्ट पारेको जनाएको छ। ‘यही माया र समर्थनलाई कदर गर्दै नयाँ लोगोमार्फत फ्यानहरूको भावनासँग अझ नजिकिने प्रयास गरिरहेका छौं’, विज्ञप्तिमा उल्लेख छ।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले नयाँ लोगोले फ्यानहरूको रोजाइ र टिमको मर्मलाई स्पष्ट रूपमा देखाउने प्रयास भएको बताए। ‘नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न हो।

मिस्टर गैंडाको लोकप्रियता हाम्रो लागि संकेत थियो’, अध्यक्ष न्यौपानेले भने, ‘अब फ्यानहरू र गैंडाको पहिचान सँगसँगै लोगोको अगाडि रहनेछन्। भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ।’

चितवनले दोस्रो संस्करणका लागि ६ खेलाडीलाई रिटेन गरेको छ। चितवनले मार्की खेलाडी कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई रिटेन गरेको छ। रिजन र कमलसिंह ग्रेड ‘ए’, दीपक र अमर ग्रेड ‘बी’ तथा गौतम ग्रेड ‘सी’का खेलाडी हुन्।

यसैगरी पहिलो संस्करण खेलेका ६ खेलाडीलाई भने रिलिज गरेको छ। चितवनले शरद भेषवाकर, दीपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जित कुमार र सलाउद्दिन खानलाई रिलिज गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम