मुख्य समाचार
रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक टर्कीको इस्तानबुल शहरमा
रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक टर्कीको इस्तानबुल शहरमा

: रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक बुधबार टर्कीको इस्तानबुल शहरमा भएको छ। बैठकमा दुई देशबीच युद्धबन्दीको आदानप्रदानमा सम्झौता भएको हो।


युक्रेनी प्रतिनिधिमण्डलले युद्धविरामका लागि तत्परता व्यक्त गरेका थिए। रूसको सर्तले यसमा सम्झौता हुन नसकेपछि वार्ता एक घण्टाभन्दा कम समयमा सकिएको हो।



हालैका महिनामा दुई देशका प्रतिनिधिले तेस्रो पटक भेटेका हुन्। तर बुधबारको भेटघाट सात हप्तापछि भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा रुसमाथि थप कडा प्रतिबन्ध लगाउने धम्की दिएपछि यो भेटघाट भएको हो।



रुस र युक्रेन केही दिनमै अर्को चरणको वार्ता गर्ने तयारीमा छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न इच्छा व्यक्त गरेका छन्।

रुस र युक्रेनबीच इस्तानबुलमा भएको पछिल्ला दुई चरणको वार्तामा युद्धबन्दीको आदानप्रदानमा सहमति भएको थियो। त्यसमा काम पनि सुरु भएको थियो। दुवै चरणको वार्तामा युक्रेनले युद्धविरामका लागि रुसले राखेका सर्त स्वीकार गरेन।

युक्रेनबाट रुसले के चाहन्छ ?
युक्रेनले अमेरिकाको नेतृत्वमा रहेको सैन्य संगठन नेटोमा सामेल हुने आफ्नो इच्छा त्यागोस् भन्ने रुस चाहन्छ। यस्तै क्रिमियासहित कब्जा गरिएका युक्रेनी भागमा रुसको अधिकारलाई मान्यता देओस् भन्ने पनि रुस चाहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम