मुख्य समाचार
इरानको जेलमा रहेका ५ जना नेपाली स्वदेश फिर्ता
इरानको जेलमा रहेका ५ जना नेपाली स्वदेश फिर्ता

। इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो ) उनीहरु काठमाडौं आएका हुन् ।

परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमश: सहज हुँदै गएको छ । ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर ...
— एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । निवर्तमान महासचिव कुँवरले अध्यक्षका प्रत्यासी भैरव ढकाल र संजीव गोर्खाली ढकाललाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । एनआरएनए अस्ट्रेलियाले शनिबार अनलाइनमार्फत ६ राज्य तथा दुई टेरिटोरीमा निर्वाचन सम्पन्न गरेको थियो । करिब १६ हजार मतमध्ये १३ हजार ७ सय १ मत खसेको थियो ...
— विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन ...
— जमिनमुनिबाट कच्चा तेलको लेदो (क्रुड) तान्ने मेसिन (डगी पम्प) निरन्तर चलिरहेको छ । ढिकीले धान कुटेझैं मेसिनले तेल तान्दै प्रशोधनका लागि पाइपमार्फत ट्यांकीतिर पठाइरहन्छ । मेसिन सुरुमा ‘स्टार्ट’ गर्न मात्र बिजुली आवश्यक पर्छ, त्यसपछि आफैं चलिरहन्छ । मेसिनले एक पटक जमिनमुनिबाट तेल तानेर पाइपमा फाल्न १० सेकेन्ड लाग्छ । यही गतिमा मेसिन २४ घण्टै चलिरहन्छ । यो दृश्य बहराइनको राजधानी ...
: बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए। नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार नेपाल फर्कनेमा सवारी चालक र ...