मुख्य समाचार
थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण
थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण

। थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण भएको छ ।

विहीबारबाट दुई देशको सीमा क्षेत्रमा तनाव बढेको छ ।




कम्बोडियाले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका भन्दै थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण सुरु गरेको हो ।

शुक्रबार त थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिए । ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका थिए ।


यसैबीच कम्बोडियाले शुक्रबार संयुक्त राष्ट्रसंघ (यूएन) सँग तत्काल सैन्य हमला रोक्न माग गरेको छ । यूएन सुरक्षा परिषद्को आपतकालीन बैठकमा कम्बोडियाका राजदूतले भने, ‘हामी शान्ति चाहन्छौं र वार्ताबाट समाधान निकाल्न चाहन्छौं।’

उता, थाइल्यान्डले भने अहिले लडाइँ केही सुस्त बनेको र आफू वार्ताको लागि तयार रहेको बताएको छ । थाई विदेश मन्त्रालयले भनेको छ, ‘यदि कम्बोडियाले चाहेमा हामी मलेसियाको सहयोगमा पनि वार्ता गर्न तयार छौं।’

मिडिया रिपोर्टअनुसार शुक्रबार दुवै देशबीच सीमा क्षेत्रका १२ स्थानमा झडप भएका छन्। यसअघि थाई सरकारले एक लाखभन्दा बढी मानिसहरू आफ्ना घर छोड्न बाध्य भएका बताएको थियो ।

अहिलेसम्म थाइल्यान्डतर्फ १५ जनाको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा एक जना सैनिक र १४ जना सर्वसाधारण छन् भने ४६ जना घाइते भएका छन्।

उता, कम्बोडियातर्फ मृतक वा घाइतेको कुनै आधिकारिक संख्या सार्वजनिक गरिएको छैन । यद्यपि, केही मिडिया रिपोर्टहरूमा एक जनाको मृत्यु भएको दाबी गरिएको छ।

सीमा जोडिएका ८ जिल्लामा मार्शल ल घोषणा

थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका ८ जिल्लामा मार्शल ल घोषणा गरेको छ। थाई विदेश मन्त्रालयका प्रवक्ताले युद्धविरामबारे अहिले नै कुरा गर्नु छिटो हुने बताएका छन् ।

उनले कम्बोडियाले आक्रामक कार्य नरोकेसम्म वार्ताको संवाद नहुने संकेत गरेका छन् ।

के हो विवादको जड ?

थाइल्यान्ड र कम्बोडियाको इतिहास लामो समयसम्म खमेर साम्राज्य (कम्बोडिया) र सियाम साम्राज्य (थाइल्यान्ड) बीचको टकरावसँग जोडिएको छ।

फ्रान्स र बेलायती शासनकालमा पनि दुवै देशबीच सीमामा तनाव थियो । त्यही बेलादेखि प्रिह विहार र ता मुएन थोम मन्दिरहरू वरपरको भू-भागको स्वामित्वबारे कानुनी र राजनीतिक विवाद लगातार चलिरहेको थियो।

सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको अधीनमा रहेको बेला दुवै देशबीच ८१७ किलोमिटर लामो सीमा रेखा कोरिएको थियो।

थाइल्यान्डले यसको विरोध गर्‍यो, किनभने नक्सामा प्रिह विहार मन्दिर कम्बोडियाको भूभागमा देखाइएको थियो।

उता, ता मुएन थोम मन्दिरलाई थाइल्यान्डमा देखाइएको थियो, जबकि कम्बोडियाले यसलाई आफ्नो मन्दिर मान्दछ।

ता मुएन थोम मन्दिर दुवै देशको सीमाको त्यस्तो भागमा पर्छ जुन स्पष्ट रूपमा निर्धारण भएको छैन। त्यसैले दुई देशले यसमा आफ्नो दाबी गर्दै आएका छन्।

यो थाइल्यान्डतिर अवस्थित भए पनि कम्बोडियाले आफ्नै ऐतिहासिक हिस्सा रहेको दाबी गर्छ । किनभने यो खमेर साम्राज्यको समयमा निर्माण गरिएको थियो।

खमेर साम्राज्य कम्बोडियाको एक शक्तिशाली र प्रभावशाली सभ्यता थियो, जुन नवौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म कायम थियो। उक्त साम्राज्यले कम्बोडियासँगै लाओस, थाइल्यान्ड र भियतनामका विभिन्न भागहरूमा शासन गरेको थियो।

उता, थाइल्यान्ड भने मन्दिर कम्बोडियाको हुन सक्ने भए पनि त्यस वरिपरिको जमिन थाइल्याण्डकै हो ।

दुवै देशका सेनाहरू यो मन्दिर वरिपरि नियमित रूपमा गस्ती गर्छन्, त्यसै यहाँ अक्सर झडपहरू हुने गर्छन्। यसपटकको झडप पनि यही मन्दिरको वरिपरि भएको हो।

प्रीह विहियर मन्दिरमा थाइल्यान्डको दाबी

प्रीह विहियर मन्दिरमा दुवै देशबीच विवाद बढी छ। थाइल्यान्डले यो मन्दिरलाई नियन्त्रणमा लिन लगातार प्रयास गरिरहेपछि सन् १९५९ मा कम्बोडियाले यो मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुर्‍यायो ।

सन् १९६२ मा अदालतले फैसला गर्दै मन्दिर कम्बोडियाको भएको ठहर गर्‍यो। अदालतले थाइल्यान्डलाई आफ्ना सैनिकहरू फिर्ता बोलाउन आदेश दियो। त्यसबेला थाइल्यान्डले फैसला स्वीकार गर्‍यो, तर वरिपरिको भूमिबारे विवाद भने कायमै रह्यो ।

विश्व सम्पदा सूचीमा परेपछि चर्कियो विवाद

युनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेपछि सन् २००८ मा यो विवाद थप चर्कियो । दुवै देशका सेनाबीच फेरि झडप हुन थाल्यो र सन् २०११ मा त स्थिति यति बिग्रियो कि हजारौं मानिसहरू घर छोड्न बाध्य भए।

सन् २०१३ मा अदालतले आफ्नो पुरानो फैसलामाथि थप प्रष्ट पार्दै भन्यो- मन्दिर मात्र नभई त्यस वरिपरिको भूभाग पनि कम्बोडियाकै हो।

साथै, थाइल्यान्डलाई त्यहाँबाट आफ्नो सेना पूर्ण रूपमा हटाउन निर्देशन दिइयो। तर पनि सीमाको विवाद अझै पूर्ण रूपमा समाधान भएको छैन।

द्वन्द्व किन चर्कियो ?

थाई सेनाबीच पछिल्ला दुई महिनादेखि विवाद जारी छ । २८ मे मा एमराल्ड ट्रायङ्गल क्षेत्रमा दुवै देशका सेनाबीच झडप भएको थियो, जसमा एक जना कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।

यो त्यही स्थान हो जहाँ थाइल्यान्ड, कम्बोडिया र लाओसका सीमाहरू भेटिन्छन्। थाइल्यान्ड र कम्बोडियाले यो क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन्।

बिहीबार बिहान यो विवाद झनै चर्किएको थियो। कम्बोडियाली सेनाका अनुसार थाई सैनिकहरूले सीमा नजिक ता मुएन थम मन्दिरतर्फ बढ्दै त्यस वरिपरि काँडेतार लगाइदिए। त्यसपछि थाई सैनिकहरूले ड्रोन पठाए र हवाइ फायरिङ गरे।

उता, थाई सेनाका अनुसार सुरुमा झडप कम्बोडियाली सैनिकहरूले थालेका थिए। थाइल्यान्डले वार्तामार्फत तनाव घटाउन प्रयास गर्दा पनि कुरा नमिल्दा गोलीबारी सुरु भएको बताइएको छ।

विवाद सुल्झाउने प्रयास गर्दा प्रधानमन्त्रीले गुमाइन् कुर्सी



दुवै देशबीच विवाद चर्किएपछि १५ जुनमा थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सीनावात्राले कम्बोडियाका नेता हुन सेनसँग फोनमा वार्ता गरेकी थिइन्। वार्ताका क्रममा उनले थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। थाइल्यान्डमा सेनाको ठूलो प्रभाव रहेकाले यसलाई गम्भीर रूपमा लिइयो।

उक्त संवादमा उनले कम्बोडियाका शक्तिशाली पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको अडियो बाहिरिएको थियो । सम्बोधनमा उनले ‘तपाईंलाई चाहिने केही भए म मिलाउँछु’ समेत भनेकी थिइन् ।

करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेन अझै पनि त्यहाँ प्रभावशाली मानिन्छन् । उनी थाई सिनावात्रा परिवारका पुराना मित्र समेत मानिन्छन् ।

यो वार्ता लिक भएपछि देशभर आक्रोश फैलियो। त्यसपछि अदालतले प्रधानमन्त्रीलाई पदबाट हटाइदियो। यद्यपि, पेटोङटार्नले माफी माग्दै आफ्नो टिप्पणी विवाद सुल्झाउने उद्देश्य केन्द्रित रहेको बताइन् तर त्यसको कुनै असर परेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम