मुख्य समाचार
गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढ्यो
गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढ्यो

: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो।


गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज नाका हुँदै भारत तथा तेस्रो मुलुकमा ३१ अर्ब १४ करोड २२ रुपैयाँ मूल्य बराबरको नेपाली मालसामान निर्यात भएको थियो।



गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै अघिल्लो आर्थिक वर्षको भन्दा २ सय २७ प्रतिशत अर्थात ७० अर्ब ७९ करोड रुपैयाँ बढी मूल्यको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए।



गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै सबै भन्दा बढी ६१ अर्ब ४५ करोड रुपैयाँ मूल्यको २९ करोड १४ लाख ९१ हजार लिटर भटमासको प्रशोधित तेल विदेश निर्यात भएको छ। त्यस्तै ९ अर्ब २६ करोड रुपैयाँ मूल्यको ४ करोड १५ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

यसैगरी ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको ८ करोड १ लाख ३४ हजार लिटर फलफूलको जुस, ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको फलाम तथा फलामका सामग्रीहरू निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। यस्तै २ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ सेन्थेटिक यार्न, २ अर्ब ७९ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न कपडापनि विदेश निर्यात भएको छ।

यसैगरी २ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरको ४ करोड ७९ लाख केजी पशु आहारको कच्चा पदार्थ तथा १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको ६ लाख ७९ हजार केजी कुकुर र बिरालोले खाने खानापनि निर्यात भएको छ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट नेपालमा उत्पादित मालसामानको निर्यात सबै भन्दा बढी भारतमा भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। उनका अनुसार कूल निर्यातको ९४ दशमलव ८५ प्रतिशत मालसामान भारतमा निर्यात भएको हो।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै नेपालबाट १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएकोमा त्यसमध्ये ९६ अर्ब ५९ करोड रुपैयाँको सामान भारत मात्रै निर्यात भएको लामिछानेले बताए। यस्तै अमेरिकामा २ दशमलव ४४९ प्रतिशत अर्थात २ अर्ब ५३ करोड रुपैयाँको सामान नेपालबाट निर्यात भएको उनले जानकारी दिए।

यसैगरी अफगानिस्तानमा ७१ करोड ७६ लाख, क्यानेडामा २६ करोड ११ लाख, जर्मनीमा २२ करोड ३७ लाख, अष्ट्रेलियामा २० करोड ७५ लाख र साउदी अरेबियामा २० करोड ४४ लाख रुपैयाँ बराबरको नेपाली सामान निर्यात भएको लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम