मुख्य समाचार
तेस्रो दिन पनि रोकिएन थाइल्याण्ड-कम्बोडिया संघर्ष
तेस्रो दिन पनि रोकिएन थाइल्याण्ड-कम्बोडिया संघर्ष

। थाईल्यान्ड र कम्बोडियाले युद्धविराम आह्वान गरेपनि दुई देशबीच आक्रमण नरोकिएको पाइएको छ ।

यी दुई देशबीच तनाव सुरु भएको शनिबार तेस्रो दिन हो । आत्मरक्षाका लागि आक्रमण गरेको दाबी गरिरहेका यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको रोयटर्सले उल्लेख गरेको छ ।




शनिबार थप नयाँ क्षेत्रमा समेत सैनिकहरुबीच झडप भएको छ । थाईल्यान्डको तटीय प्रान्त त्राट र कम्बोडियाको पुरसात प्रान्त पर्ने क्षेत्रमा पछिल्लो पटक झडप भएको हो ।

शनिबार झडप भएको क्षेत्र पहिलेको भन्दा झन्डै १०० किलोमिटर टाढा रहेकाले यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको देखिएको छ ।


अलजजिराका अनुसार आक्रमणमा परेर हालसम्म दुवैतर्फ गरी ३२ जनाभन्दा बढीको मृत्यु भएको छ भने १३० जनाभन्दा बढी घाइते भएका छन् । एक लाख ३० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । दक्षिपूर्वी एशियाका छिमेकी देश थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमा विवाद शृङ्खलामा यो पछिल्लो १३ यताकै चरम संघर्ष हो ।

गत मे महिनाको अन्त्यतिर एक कम्बोडियन सैनिकको हत्या भएपछि सीमा विवादले चरम रुप लिएको देखिएको छ । उक्त घटनापछि दुवै पक्षले सीमामा सैनिक संख्या बढाएका थिए ।

कम्बोडियासँगको सीमा विवाद र तनावकै कारण थाइल्याडमा कमजोर सत्ता गठबन्धन संकटमा परेको थियो ।

शनिबारसम्म थाइल्याण्डतर्फ ७ सैनिक र १३ जना सर्वसाधारण मारिएका छन् भने कम्बोडियातर्फ ५ सैनिक र ८ सर्वसाधारणको मृत्यु भएको पुष्टि दुवै पक्षका अधिकारीहरुले पुष्टि गरेका छन् ।


थाईल्याण्डको सीमावर्ती प्रान्त सिसाकेतको एक विश्वविद्यालय परिसरलाई अस्थायी शिविर बनाइएको छ । कम्बोडियासँगको तनावका कारण विस्थापित भएका झन्डै ५ लाख मानिस उक्त विश्वविद्यालयमा शरण लिइरहेका छन् ।

विस्थापित भएर विश्वविद्यालयको शिविरमा बसिरहेकी ५१ वर्षीया सम्रोंग खाम्दुआङले रोयटर्ससँग भनेकी छन्, ‘हामी तोपको आवाजले निकै डरायौं, म घर छोडेर आएकी छु, तर मेरा श्रीमान् पशुचौपाया हेर्न फर्किनु भएको छ, अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन ।’



मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गराउने प्रस्तावलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

दक्षिणपूर्वी एशियाली देशहरुको साझा संगठनको अध्यक्षता समेत गरिरहेका मलेसियाली प्रधानमन्त्री इब्राहिमले गरेको प्रस्तावमा थाइल्याण्ड र कम्बोडिया दुवै सकारात्मक देखिएका छन् ।

‘अहिलेसम्म पनि दुवै पक्षबाट गोलीबारी भइरहेका छन्’,मलेसियाली प्रधानमन्त्री इब्राहिमले त्यहाँको सरकारी समाचार एजेन्सी बर्नामासँग भने, ‘मैले आफ्नो परराष्ट्र मन्त्रीलाई दुबै पक्षसँग समन्वय गर्न भनेको छु, र कम्तीमा युद्ध रोक्नका लागि म आफैं पनि छलफल गर्न तयार छु ।’

सुरक्षा परिषद् बैठकमा आरोपप्रत्यारोप

संयुक्त राष्ट्रसंघका लागि थाई राजदूत चर्डछाइ चैवैविटले शुक्रबार सुरक्षा परिषद्को बैठकमा कम्बोडियाले आफ्नो देशको भूमिमा बारुदी सुरुङ बनाएको आरोप लगाएका छन् ।

त्यस्ता बारुदी सुरुङमा परेर जुलाईको मध्यदेखि अहिलेसम्म सैनिकहरू घाइते भएको बैठकमा उनले बताएकी थिइन् ।

बिहीबार सुरुमा कम्बोडियातर्फबाट आक्रमण भएको र आत्मरक्षामा थाइल्याण्डले प्रत्याक्रमण गरेको उनको तर्क थियो । तर, कम्बोडिया पक्षले भने थाइल्याण्डको उक्त आरोपको खण्डन गर्दै झुटो भनेको छ ।

युद्धविरामका लागि तयार हुन र र सत्यनिष्ठाका साथ पुन: वार्तामा बस्न थाइ पक्षले कम्बोडियालाई आग्रह गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयले पनि बिना कुनै उक्साहट थाईल्यान्डले ‘जानीबुझी सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।

पछिल्ला दिनमा थाइल्याण्डले सीमा क्षेत्रमा सैनिक संख्या र सैन्य उपकरणको भण्डार बढाउँदै गएको कम्बोडियाको रक्षा मन्त्रालयले भनेको छ ।

‘यी योजनाबद्ध सैन्य तयारीहरूले आक्रामकता विस्तार गर्ने र कम्बोडियाको सार्वभौमिकता उल्लङ्घन गर्ने थाइल्याण्डको नियत स्पष्ट हुन्छ’, मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम