मुख्य समाचार
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी

: संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा करिब तीन जनामध्ये एक जना केही दिनदेखि खानाविहीन रहेको चेतावनी दिएको छ।


विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘कुपोषण बढ्दै गएको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ।’



गाजामा यस हप्ता अनिकाल अझ खराब हुँदै गएको एजेन्सीहरूले जनाएका छन्। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ।


मन्त्रालयका अनुसार इजरायलसँगको युद्ध सुरु भएदेखि कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ। गाजा भित्र र बाहिर सबै आवागमन नियन्त्रण गर्ने इजरायलले यस क्षेत्रमा पुग्न कुनै पनि सहायतालाई नरोकिएको बताएको छ।

इजरायलले गाजामा कुपोषणका लागि हमासलाई पनि दोष दिएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा ५९,००० भन्दा बढी मानिस मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन प्रणालीमा शृङ्खलाबद्ध र कडा नीतिगत परिवर्तनहरू गरिरहेको छ । एकातिर प्रशासनले ग्रिनकार्ड आवेदनको प्रक्रियालाई कडा बनाएको छ भने अर्कोतिर देशनिकालालाई तीव्रता दिन नयाँ न्यायाधीशहरू नियुक्त गरेको छ । यसैबीच, पार्टीभित्रकै आन्तरिक विवादका कारण सीमा सुरक्षासम्बन्धी प्रमुख विधेयक भने सिनेटमा सङ्कटमा परेको छ । ग्रिनकार्ड सम्बन्धी कडा नीति अमेरिकी नागरिकता तथा ...
उत्तरी चीनको सान्सी प्रान्तमा रहेको एउटा कोइला खानीमा ग्यास विष्फोट हुँदा कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। तोङझाउ ग्रुपद्वारा सञ्चालित ‘लिउसेन्यु कोइला खानी’ मा शुक्रबार बेलुका यो दुर्घटना भएको हो । विष्फोट स्थानीय समय अनुसार शुक्रबार बेलुका १९:२९ बजे भएको थियो, जतिबेला खानीभित्र २४७ जना श्रमिकहरू कार्यरत थिए। दुर्घटना लगत्तै सयौँको सङ्ख्यामा उद्धारकर्मीहरू घटनास्थलमा खटिएका ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किएका छन्। यससँगै अमेरिका र इरानबीच पुनः सैन्य तनाव र सम्भावित हमलाको अड्कलबाजी तीव्र भएको छ। अमेरिकी सेना र जासुसी निकायका उच्च अधिकारीहरूले पनि ‘मेमोरियल डे विकेन्ड’ को छुट्टी रद्द गरेका छन्। सीबीएस न्युजको रिपोर्टअनुसार ट्रम्प प्रशासनले इरानविरुद्ध नयाँ ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक परिचालन गर्ने अप्रत्याशित घोषणा गरेका छन्। युरोपबाट अमेरिकी सैन्य उपस्थिति कटौती गर्ने पूर्वघोषित योजनाहरूका बीच बिहीबार राति सामाजिक सञ्जालमार्फत गरिएको यो घोषणाले नेटो सहयोगी राष्ट्रहरू र स्वयं अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) भित्र ठूलो तरङ्ग पैदा गरिदिएको छ। राष्ट्रपति ट्रम्पले पोल्याण्डका भर्खरै निर्वाचित दक्षिणपन्थी राष्ट्रपति कारोल नावरोकीसँगको ...
: उत्तरी होन्डुरसमा भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । यी घटनाले मध्य अमेरिकी देश होन्डुरसलाई फेरि हिंसाले स्तब्ध बनाएको छ । बिहीबार पहिलो घटना देशको उत्तरस्थित ट्रुजिलो नगरपालिकाको रिगोरेस क्षेत्रमा रहेको एक दुर्गम पाम फार्ममा भएको थियो । होन्डुरस राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार घटनास्थलमा कम्तीमा १० जना कामदारको ...