मुख्य समाचार
इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा
इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा

— स्पेस एक्सका प्रमुखसमेत रहेका अमेरिकी अर्बपति इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा तानिएका छन् । युक्रेन युद्धको निर्णायक मोडमा रहेका बेला उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा बन्द गर्न भनेको पाइएको छ ।


अहिले पनि बिहीबार साढे दुई घण्टा स्टारलिंक सेवा अवरुद्ध हुँदा युक्रेनी सेनाको सञ्चार प्रभावित भएको थियो । समाचार संस्था रोयटर्सका अनुसार सन् २०२२ को अन्त्यतिर युक्रेनले आफ्नो गुमेका भूभाग फिर्ता गर्ने अभियान बलियो बन्दै गरेको समयमा इलनले आफ्नो कम्पनीका वरिष्ठ इन्जिनियरलाई त्यहाँको सेवा बन्द गर्न भनेका थिए ।

युक्रेनी सेनाले रुसी सेनालाई घेर्न लागेको समयमा एकाएक सिग्नल बन्द भएपछि ड्रोन, तोप र सेनाबीचको सम्पर्क अवरुद्ध भएको थियो । एक युक्रेनी सैन्य अधिकृतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘सञ्चार समन्वय हुन नसक्दा घेराबन्दी ठ्याप्पै रोकियो र हामी असफल हुन पुग्यौं ।’

दशककै प्रमुख युद्धका बीच यति ठूलो तहको हस्तक्षेप र त्यो पनि एक जना निजी खर्बपतिको रुचिको भरमा हुनुले प्रविधि कम्पनीहरूको शक्ति र स्वायत्ततामाथि गम्भीर प्रश्न उठेको छ । मस्कले यस्तो निर्णय लिनुको पछाडि रुसको सम्भावित आणविक हतियारसहितको प्रतिक्रिया हुन सक्ने अनुमान गरिएको छ । तर, स्पेस एक्सले यी समाचारलाई ‘मिथ्या’ भनेको छ । मस्कले भने यससम्बन्धी विस्तृत प्रतिक्रिया दिएका छैनन् ।

रुसले सन् २०२२ देखि युक्रेनी भूमिमा आक्रमण गरेयता युक्रेनी सेनाका लागि स्टारलिंकको सञ्चार सेवा एकदमै महत्त्वपूर्ण बन्दै आएको छ । यस क्रममा अहिले प्रयोग भएका करिब ५० हजार टर्मिनलमध्ये आधाजसो पोल्यान्डले खरिद गरेर उपलब्ध गराइदिएको हो । यही प्रविधिका भरमा युक्रेनी सेनाले ड्रोन उडाउने, सुरक्षित सञ्चार गर्ने र युद्धका मोर्चालगायतमा समन्वय कायम गर्दै आएको छ । मस्क आफैंले दाबी गर्दै आएका छन्, ‘मैले यो सेवा बन्द गरे उनीहरूको पूरै मोर्चा भत्कन्छ ।’

तर, यही सेवा बन्द हुँदा युद्ध मोर्चामा त्यसको असर कतिसम्म गम्भीर हुन सक्छ भन्ने उदाहरण रोयटर्सको खुलासा र यसै साताको सेवा अवरोधले पनि देखाएको छ । बिहीबार भएको विश्वव्यापी स्टारलिंक अवरोधले युक्रेनी सेनाको सम्पर्क झन्डै अढाई घण्टाभन्दा बढी अवरुद्ध हुन पुगेको थियो । युक्रेनी सेनाका ड्रोन कमान्डर रोबर्ट ब्रोब्डीले भनेका छन्, ‘लडाइँबिना भिडियो फिड नै अगाडि बढाउनुपर्‍यो र त्यसको सिधा असर युद्धका मोर्चामा पर्न गयो ।’ उनले वैकल्पिक प्रणाली तयार पार्नुपर्ने आवश्यकतासमेत औंल्याएका थिए ।

हालैका दिनमा युक्रेनले केही भूभाग फिर्ता लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो दूरीका हतियारहरू उपलब्ध गराउने अमेरिकाको सहयोग पुनः सुचारु गर्ने घोषणापछि युक्रेनले खेरसनका केही भाग फिर्ता लिएको छ । रुसी नियन्त्रणमा रहेका क्षेत्रमा ड्रोन आक्रमण पनि तीव्र बनाएका छ । स्टडी अफ वार इन्स्टिच्युटका अनुसार युक्रेनले हालसम्म ७ प्रतिशत क्षेत्र फिर्ता लिइसकेको छ भने करिब १९ प्रतिशत भूभाग अझै रुसको नियन्त्रणमा छ ।




स्टारलिंकले युक्रेनी सरकारलाई दिँदै आएको सञ्चार सेवा मासिक लगभग एक करोड अमेरिकी डलर बराबरको भएको र वार्षिक १२ करोड डलरभन्दा बढीको सेवा मस्कको कम्पनीले उपलब्ध गराउँदै आएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसमा सञ्चार सेवासँगै त्यसको मर्मत र सञ्चालन खर्च पनि समावेश छन् । सबैभन्दा ठूलो योगदानकर्ता पोल्यान्डसँगै अमेरिका, तत्कालीन यूएसएड र अन्यले सो सञ्चार जारी राखेबापतको खर्च बेहोर्दै आएका थिए ।

गत वर्ष मस्कले स्टारलिंकसम्बन्धी विवादपछि पोल्यान्डका परराष्ट्रमन्त्रीसँग सामाजिक सञ्जालमै झगडा गरेका थिए । मन्त्रीले आलोचना गरेपछि मस्कले लेखेका थिए, ‘तिमीहरू चुप लागेर बस, तिमीहरूले गर्ने खर्च त खास लागतको एक अंश मात्रै हो । स्टारलिंकको विकल्प छैन ।’ पछि उनले फेरि सेवा बन्द नहुने आश्वासन दिएका थिए । रोयटर्सलाई फेब्रुअरीमै ‘फटाहा’ भन्दै ग्राफिक्स पोस्ट गरेका मस्कले पछिल्लो खुलासाबारे भने केही बोलेका छैनन् । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बुधबार आफ्नो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘भारत हाम्रो मित्र ...
— बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् । तर यसमा केही सर्तहरू भने छन् । बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । गाजाको भयावह अवस्था अन्त्य ...
: चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ। शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका ...
: दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्। यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति ...
। रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो ...