मुख्य समाचार
ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताए
ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।


स्कटल्यान्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, 'थाइल्यान्डसँगको द्वन्द्व रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ ।'

उनले थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग कुरा गरेको र कुराकानी निकै राम्रो भएको पछिल्लो पोस्टमा बताएका छन् । 'कम्बोडियाजस्तै थाइल्यान्ड पनि तत्काल युद्धविराम र शान्ति चाहन्छ,' उनले भनेका छन् ।

दुवै पक्षसँग कुरा गरिसकेपछि युद्धविराम, शान्ति र समृद्धि स्वाभाविक देखिने र चाँडै त्यसलाई देख्न पाइने ट्रम्पले उल्लेख गरेका छन् ।

स्थानीयले रबर र धान खेती गर्ने खेतीयोग्य जमिन र पहाडले घेरिएको जंगली र देशको ग्रामीण सीमा क्षेत्रमा युद्ध फैलनुअघि सीमानामा लामो समयदेखि विवादित प्राचीन मन्दिर स्थलमा तनाव उत्पन्न भएको थियो।

थाइल्यान्डको खाडीमा मुख्य फ्रन्टलाइनबाट करिब २ सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा शनिबार तेस्रो दिन झडप सुरु भएको हो ।

ट्रम्पले भनेका छन्, 'म एक जटिल परिस्थितिलाई सरल बनाउने प्रयास गर्दैछु ! यो युद्धमा धेरै मानिस मारिएका छन् । यसले मलाई पाकिस्तान र भारतबीचको द्वन्द्वको सम्झना गराउँछ, जुन सफलतापूर्वक रोकिएको थियो।'

ट्रम्पले द्वन्द्व नरोकिएसम्म कुनै पनि देशसँग व्यापार सम्झौतामा अघि नबढ्ने संकेत पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम