मुख्य समाचार
ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताए
ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।


स्कटल्यान्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, 'थाइल्यान्डसँगको द्वन्द्व रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ ।'

उनले थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग कुरा गरेको र कुराकानी निकै राम्रो भएको पछिल्लो पोस्टमा बताएका छन् । 'कम्बोडियाजस्तै थाइल्यान्ड पनि तत्काल युद्धविराम र शान्ति चाहन्छ,' उनले भनेका छन् ।

दुवै पक्षसँग कुरा गरिसकेपछि युद्धविराम, शान्ति र समृद्धि स्वाभाविक देखिने र चाँडै त्यसलाई देख्न पाइने ट्रम्पले उल्लेख गरेका छन् ।

स्थानीयले रबर र धान खेती गर्ने खेतीयोग्य जमिन र पहाडले घेरिएको जंगली र देशको ग्रामीण सीमा क्षेत्रमा युद्ध फैलनुअघि सीमानामा लामो समयदेखि विवादित प्राचीन मन्दिर स्थलमा तनाव उत्पन्न भएको थियो।

थाइल्यान्डको खाडीमा मुख्य फ्रन्टलाइनबाट करिब २ सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा शनिबार तेस्रो दिन झडप सुरु भएको हो ।

ट्रम्पले भनेका छन्, 'म एक जटिल परिस्थितिलाई सरल बनाउने प्रयास गर्दैछु ! यो युद्धमा धेरै मानिस मारिएका छन् । यसले मलाई पाकिस्तान र भारतबीचको द्वन्द्वको सम्झना गराउँछ, जुन सफलतापूर्वक रोकिएको थियो।'

ट्रम्पले द्वन्द्व नरोकिएसम्म कुनै पनि देशसँग व्यापार सम्झौतामा अघि नबढ्ने संकेत पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...