मुख्य समाचार
एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित
एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित

— एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । निवर्तमान महासचिव कुँवरले अध्यक्षका प्रत्यासी भैरव ढकाल र संजीव गोर्खाली ढकाललाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् ।


एनआरएनए अस्ट्रेलियाले शनिबार अनलाइनमार्फत ६ राज्य तथा दुई टेरिटोरीमा निर्वाचन सम्पन्न गरेको थियो । करिब १६ हजार मतमध्ये १३ हजार ७ सय १ मत खसेको थियो ।

निर्वाचन आयोगका प्रमुख डिल्ली ढकालका अनुसार अध्यक्षमा निर्वाचित क्युन्सल्यान्डका कुँवरले ६ हजार ८ सय ३९ मत ल्याएका छन् भने अध्यक्षका अर्का दुई प्रत्यासी पर्थका ढकालले ३ हजार ७ सय २७ मत र डार्बिनका गोर्खाली ढकालले २ हजार १ सय २५ मत ल्याएका थिए । कुँवरले अन्तर्रास्ट्रिय समन्वय समितिमा दरिलो मानिएको अस्ट्रेलियाको एनआरएनएलाई दुई वर्ष नेतृत्व गर्नेछन् ।

निर्वाचन नतिजाअनुसार उपाक्ष्यक्षमा बबिन मिश्र, महासचिवमा चुणामणि सापकोटा, सचिवमा कल्याण खड्का, कोषाध्यक्षमा निजन चौलागाईं निर्वाचित भएका छन् । यसैगरी अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा बिष्णु तिवारी, दीपक अधिकारी, दीपक बस्नेत, हरिकृष्ण अधिकारी, निराजन पोखरेल, राजेश केसी, सुशील पोखरेल र साईबल न्यौपाने निर्वाचित भएका छन् ।

नारी निकुञ्ज अस्ट्रेलियाको संयोजकमा दक्षिण अस्ट्रेलियाकी रिज्नु अधिकारी निर्वाचित भएकी छिन् भने युवा संयोजकमा पुकार घिमिरे चुनिएका छन् ।

न्यु साउथ वेल्स राज्य संयोजकमा उषाकिरण बरिया पोखरेल निर्वाचित भएकी छिन् भने भिक्टोरियामा महादेव धानुक, दक्षिण अस्ट्रेलियामा थिर गुरुङ, पश्चिम अस्ट्रेलियामा हरिवंश सञ्जेल, नर्दन टेरिटोरीमा त्रिलोचन सापकोटा र राजधानी अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा ललित मल्ल संयोजक पदमा निर्वाचित भएका छन् । यसपहिल्यै क्युन्सल्यान्डमा अतुल खड्का र तास्मानियामा सुजन वाग्ले निर्विरोध चयन भएका थिए । अध्यक्षमा विजयी बनेका कुँवरले सबैको साझा एनआरएनए बनाउने र सबैसँग मिलेर समुदायका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम