मुख्य समाचार
गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत
गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

— गाजामा युद्धका कारण उत्पन्न मानवीय संकट झनै गम्भीर बन्दै गएको सन्दर्भमा, इजरायलले केही सुरक्षित स्थलमार्गहरूबाट मानवीय सहायता सामग्री पठाउन अनुमति दिएको निर्णयलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।


संयुक्त राष्ट्रसंघका आपतकालीन सहायता समन्वयक टम फ्लेचरले यस निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यो अवसरमा सयौं हजार भोकमरी पीडित नागरिकहरूसम्म सहायता पुर्‍याउने प्रयास गरिने बताए । उनले सामाजिक सञ्जालमार्फत भने, 'गाजामा मानवीय सहायता पठाउने अनुमति दिइएको सूचना स्वागतयोग्य छ । हाम्रो टोली यथासम्भव धेरै मानिससम्म पुग्ने प्रयासमा जुटिरहेको छ ।'

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओचा) ले केही दिनअघि गाजाको अवस्था पहिले नै अत्यन्तै भयानक रहेको र तीव्रगतिमा झनै खराब बन्दै गएको चेतावनी दिएको थियो । ओचाका अनुसार भोकमरी, कुपोषण र सरसफाइको अभावका कारण त्यहाँका नागरिकहरूमा रोगको जोखिम उच्च बनेको छ, जसले छिट्टै ज्यानै जाने अवस्था निम्त्याउन सक्छ । हाल गाजामा सीमित मात्रामा पुगिरहेको राहत सामग्री आवश्यकताको तुलनामा अत्यन्त न्यून रहेको ओचाले जनाएको छ ।

ओचाले यदि इजरायलले सहायता सामग्री प्रवेशका लागि सीमा खुला गरिदियो भने इन्धन, उपकरण र कर्मचारीको सुरक्षित सञ्चालनको अनुमति प्रदान गर्यो भने, संयुक्त राष्ट्रसंघ तुरुन्तै खाना, स्वास्थ्य सेवा, पिउने पानी, फोहोर व्यवस्थापन, पोषण सामग्री तथा अस्थायी आश्रयका सामग्रीहरूको आपूर्ति तीव्र गतिमा पुर्‍याउने प्रष्ट पारेको छ । तथापि, पछिल्ला दिनहरूमा इजरायली सुरक्षाबलबाट लगाइएका विभिन्न रोकावटका कारण सहायता अभियानहरू प्रभावित भएका छन् । बिहीबार गरिएका १५ मध्ये केवल पाँच वटा मात्र सहायता अभियान सफलतापूर्वक सम्पन्न भएका थिए ।

ओचाले हालै यस्तो आपतकालीन अवस्थालाई ध्यानमा राख्दै युद्धविरामको अवस्थामा तुरुन्त कार्यान्वयन गर्न मिल्ने विस्तृत सहायता आपूर्ति योजना समेत सार्वजनिक गरिसकेको छ । गाजामा लाखौं निर्दोष नागरिक गम्भीर संकटमा रहेका सन्दर्भमा संयुक्त राष्ट्रसंघले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न र सहायता पुर्‍याउने मार्ग खुला राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम