मुख्य समाचार
आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई सिंगापुरमा प्रस्तुत
आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई सिंगापुरमा प्रस्तुत

— आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई आइतबार सिंगापुरमा प्रस्तुत गरिएको छ । आर्सनलले प्रि सिजन फ्रेन्ड्लीमा प्रिमियर लिगको प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई ३–२ ले पराजित गर्दा ग्योकेरेसलाई समर्थकमाझ प्रस्तुत गरिएको थियो ।


ग्योकेरेस शनिबार पोर्चुगिज टोली स्पोर्टिङबाट ६ करोड ४० लाख पाउन्डमा आर्सनल आएका थिए । सिंगापुरमा न्युक्यासलसँगको खेल सुरु हुनुअघि मैदानमा पुगेर उनले समर्थकलाई हात हल्लाएका थिए । समर्थकहरूले पनि उनले गर्ने ‘ट्रेडमार्क’ गोल शैलीमा औंलाले नाक छोपेर स्वागत गरेका थिए ।

२७ वर्षे ग्योकेरेसले आर्सनलसँगै रहेर प्रशिक्षण गर्न पाएका छैनन् । उनी एयरपोर्टबाट सिधै मैदान पुगेका थिए । ‘भिक्टोर हाम्रो टोलीमा आएकोमा निकै खुसी छौं, उनलाई यहाँ ल्याउन लामो कसरत गर्नुपर्‍यो,’ आर्सनलका व्यवस्थापक मिकेल अर्टेटाले भने, ‘उनी अविश्वसनीय छन्, पहिलादेखि नै कहाँ खेल्ने हो भनेर उनी स्पष्ट थिए । पहिलो पटक हामी बीच संवाद हुँदा नै यो महसुस गर्न सकिन्थ्यो ।’

आर्सनलले बिहीबार लन्डनको प्रतिद्वन्द्वी टोटनहमविरुद्ध हङकङमा खेल्नेछ र सम्भवतः ग्योकेरेस सो खेलमा खेल्नेछन् । मेको अन्तयता यी स्विडिस स्ट्राइकरले टिमसँग रहेर प्रशिक्षण गरेका छैनन् । स्पोर्टिङबाट उनले १ सय २ खेलमा ९७ गोल गर्नुका साथै २६ गोलका लागि पास उपलब्ध गराएका थिए ।

अर्टेटा यस सिजनमा नयाँ खेलाडी भित्र्याउने क्रममा व्यस्त छन् । आर्सनलले मार्टिन जुबिमेन्डी, क्रिस्टिएन नोर्गार्ड, गोलरक्षक केपा एजिबालागा र विङगर नोनी माडुइकेलाई लन्डन भित्र्याइसकेको छ भने स्पेनिस क्लब भ्यालेन्सियाका सेन्टर ब्याक क्रिस्टियन मोस्कुइरामा पनि टोलीले आँखा लगाइरहेको छ । त्यस्तो भएमा आर्सनलको नयाँ खेलाडी खरिदमा २१ करोड पाउन्ड खर्च गर्नेछ, जुन अर्टेटा आएयता गनर्सले खर्चेको सबैभन्दा बढी हो ।

सन् २०२० मा एफए कप जितेयता आर्सनलले कुनै उपाधि जित्न सकेको छैन । पछिल्लो दुई सिजन प्रिमियर लिगमा उपविजेता नै हुनु परेपछि आर्सनल एउटा मुख्य स्ट्राइकरको खोजीमा रहेको थियो र ग्योकेरेसको आगमनले गनर्सका समर्थकलाई सबैभन्दा बढी उत्साहित बनाएको छ । ग्योकेरेससँग यसअघि इंग्ल्यान्डमा ब्राइटन र कोभेन्ट्रीबाट खेलेको अनुभव छ ।

२०२३–२४ को तुलनामा आर्सनलले गत सिजन २२ गोल कम गरेको थियो । यसले पनि अर्टेटाले काइ हाभेर्टज र जेससमाथिको विश्वास गुमाइरहेका थिए । हाभेर्टजले गत सिजन प्रिमियर लिगमा ९ गोलमात्र गर्न सकेका थिए र प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा २६ औं स्थानमा थिए । २०२२ मा पिइरे इमेरिक अउबामेयाङ गएयता आर्सनल मुख्य स्ट्राइकरविहीन थियो ।




डियाज बायर्न जाने

बायर्न म्युनिखले लिभरपुलका फरवार्ड लुइस डियाजका लागि रकम बढाएर प्रस्ताव गरेको छ । बुन्डेसलिगाको टोलीले यसै महिनाको सुरुआतमा कोलम्बियन अन्तर्राष्ट्रिय खेलाडी डियाजका लागि ५ करोड ८६ लाख पाउन्डको प्रस्ताव राखेको थियो, तर त्यसलाई लिभरपुलले अस्वीकार गरेको थियो ।

तर अहिले बार्यनले त्योभन्दा बढी पैसाका साथ डियाजलाई भित्र्याउन प्रस्ताव अगाडि बढाएको हो । उनको सम्झौता रकम ६ करोड ५५ लाख पाउन्डसहित बायर्नले लिभरपुलसामु प्रस्ताव राखेको हो । सरुवाको विषयपछि डियाजलाई शनिबार हङकङमा एसी मिलानविरुद्धको प्रि सिजन फ्रेन्ड्लीमा खेलाइएको थिएन । लिभरपुल उक्त खेलमा ४–२ ले पराजित भएको थियो ।

‘उनलाई लिएर पछिल्लो समय विभिन्न अड्कल काटिएको छ, तर म त्यता जान चाहन्न,’ लिभरपुलका व्यवस्थापक आर्ने स्लोटले एसी मिलानसँगको खेलपछि भनेका थिए, ‘उनले राम्रो प्रशिक्षण गरिरहेका छन् । तर हामीले अहिले उनलाई नखेलाउने निर्णय गरेका छौं ।’ लिभरपुलको टोलीसँगै आइतबार उनी जापान पुगेका छन् । अगामी २४ घण्टाभित्र युरोप फर्किएर उनले आफ्नो स्थानानतरण प्रक्रिया टुंग्याउने जनाइएको छ ।

लिभरपुलले यसअघि नै फ्लोरिएन विर्टज र हुगो इकिटिकेलाई भित्र्याइसकेको र टोली अझै न्युक्यासलबाट एलेजान्डर इसाकलाई ल्याउने आशामा छ । डियाज २०२२ को जनवरीमा पोर्टोबाट ३ करोड ७० लाख पाउन्डमा एनफिल्ड आएका थिए र गत सिजन लिभरपुलले प्रिमियर लिग जित्दा महत्त्वपूर्ण खेलाडी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम