मुख्य समाचार
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित

— क्यामरुन ग्रिनले बनाएको अविजित ५५ र जोस इंग्लिसको ५१ रनको मदतले अस्ट्रेलियाले शनिबार वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित गरेको छ ।


पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले नौ विकेटमा २ सय ५ रन बनाएको थियो । अस्ट्रेलियाले जवाफमा सात विकेट गुमाएर १९.२ ओभरमा विजयी लक्ष्य आत्मसात् गर्‍यो । यस जितसँगै अस्ट्रेलियाले पाँच खेलको सिरिजमा ४–० को अग्रता लिएको छ । अब सोमबार वार्नर पार्कमा हुने अन्तिम खेल जितेर अस्ट्रेलियाले शृंखला पनि ‘ह्वाइट वास’ गर्न सक्नेछ ।

ग्रिनले ३५ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले तीन छक्का र तीनै चौका प्रहार गरे । इंग्लिसले भने एक छक्का र दस चौका प्रहार गरे । यसका लागि उनले ३० बलको मात्र सामना गरे ।

ओपनर ग्लेन म्याक्सवेलले १८ बलमा ४७ रन जोडे र त्यसमा छ छक्का र एक चौका सामेल थियो । यसपल्ट अस्ट्रेलियाको जित आफैंमा सजिलो भने रहेन् र कप्तान एवं अर्का ओपनर मिचेल मार्स दोस्रो बलमै एलबीब्लू भए । वेस्ट इन्डिजको इनिङ्समा भने सबैभन्दा ठूलो व्यक्तिगत स्कोर ३१ रन मात्रै थियो र यो सबैको कारण रह्यो, अस्ट्रेलियाको उत्कृष्ट फिल्डिङ । घरेलु टिमका लागि उच्च स्कोर बनाउने ब्याटर भने सेरफान रडरफोर्ड रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम