मुख्य समाचार
चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव
चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव

— चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव अघि सारेको छ । यस संगठनको मुख्यालय साङ्घाइमा राख्ने योजना रहेको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


यसमार्फत विशेषगरी ग्लोबल साउथ भनिने विकासोन्मुख देशहरूलाई एआईमा चीनले गरेका प्रगतिसँगै एआईसम्बन्धी उत्पादन साझा गर्ने उद्देश्य राखिएको छ ।

द्रुत गतिमा विस्तार भइरहेको एआई प्रविधिको नियमनमा सघाउनुका साथै चीनले हासिल गरेका प्रगतिहरूमा सहकार्य गर्न यस्तो विश्वव्यापी संगठन खोल्ने योजना रहेको चिनियाँ प्रधानमन्त्री ली जिआङले बताएका छन् । उनले साङ्घाइमा जारी ‘वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स २०२५’ मा यस्तो प्रस्ताव अघि सारेका हुन् ।

संगठनको उद्देश्य डिजिटल डिभाइड घटाउँदै समावेशी विकासका लागि ‘एआई फर गुड’ अवधारणालाई अघि बढाउनु हो । यसले विकासोन्मुख देशहरूले गरेको आह्वानलाई सम्बोधन गर्ने चीनले ठानेको छ ।

प्रधानमन्त्री जिआङले विश्व एआई सम्मेलन र विश्वव्यापी एआई सुशासन उच्चस्तरीय बैठकको उद्घाटन समारोहमा बोल्दै एआईको साझा शासनमा अन्तर्राष्ट्रिय समुदायले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

उनले एआई विकास र प्रयोगका लागि व्यापक सहमतिमा आधारित साझा नियम र संरचना बनाउन आवश्यक रहेको औँल्याए । चीनले एआईसम्बन्धी बहुपक्षीय र द्विपक्षीय सहकार्यलाई निरन्तर प्रवर्द्धन गरिरहेको उनको दाबी थियो ।

समाचार संस्था सिन्ह्वाका अनुसार, संगठनले अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनेछ । एआई र उन्नत प्रविधि क्षेत्रका माग र आपूर्ति श्रृंखलालाई जोड्ने प्लेटफर्मका रूपमा यस संगठनले काम गर्ने भनिएको छ । चीनले नीति निर्माण, प्रविधि विस्तार तथा सुशासनका मापदण्ड निर्माणमा विभिन्न देशसँग समन्वय बढाउने दाबी गरिएको छ ।




गत साता अमेरिकाले पनि एआई ब्लुप्रिन्ट सार्वजनिक गर्दै अमेरिकी एआई निर्यात बढाएर यस महत्वपूर्ण प्रविधिमा अमेरिकाको प्रभुत्व कायम राख्ने उद्देश्य उजागर गरेको थियो । रोयटर्सका अनुसार चिनियाँ प्रधानमन्त्री जिआङले अमेरिका भनेर स्पष्ट उल्लेख नगरे पनि चीनको एआई विस्तारमा वासिङ्टनले बाधा पुर्‍याउने प्रयास गरेको आशय प्रकट गरेका थिए । ‘एआई केही देश र कम्पनीहरूको एकाधिकार बन्ने खतरा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम