मुख्य समाचार
कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत
कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत

: कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुता जारी रहे व्यापार वार्ता पुनः सुरु नगर्ने चेतावनी दिएपछि दुई पक्ष युद्धविराम गर्न सहमत भएका हुन्।


मलेसियाका नेता अनवर इब्राहिमले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईले तत्काल युद्धविरामका लागि इच्छा व्यक्त गरेको बताए।



नेता अनवरले थाइल्याण्ड र कम्बोडियामा मध्यरातदेखि लागू हुनेगरी तत्काल र बिना शर्त युद्धविराम हुने बताए। उनले भने,‘यो तनाव कम गर्ने र शान्ति र सुरक्षाको पुनर्स्थापनाका लागि एक महत्त्वपूर्ण पहिलो कदम हो।’


कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बैठक राम्रो भएको भन्दै तुरुन्तै लडाईं रोक्ने आशा व्यक्त गरे। द्वन्द्वबाट दुवै पक्षका तीन लाख मानिस विस्थापित भएको उनले बताए।

प्रधानमन्त्री मानेटले मध्यस्थतामा संलग्न भएकोमा अनवर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ सरकारलाई धन्यवाद दिए।
उनले वार्तामा रचनात्मक संलग्नताका लागि आफ्ना थाई समकक्षी फुमथम वेचायचाईलाई पनि धन्यवाद दिए।

युद्धविराम लागू भएपछि दुवै देशका सैन्य कमाण्डरहरूले अनौपचारिक बैठक गर्ने अनवरले बताए।

कार्यवाहक थाई प्रधानमन्त्री फुम्थम वेचायचाईले युद्धविरामबारे आफ्नो देशले सद्भावनाका साथ वार्ता गरेको बताए। उनले थाईल्याण्ड शान्तिप्रति प्रतिबद्ध रहेको बताए।

मलेसियाको मध्यस्थता थाइल्याण्ड–कम्बोडियाबीच वार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...