मुख्य समाचार
कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु
कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु

— उत्तरपूर्वी कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले आइतबार गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको कंगो सेनाले जनाएको छ ।


कंगोमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति अभियानका अनुसार ९ जना बालबालिकाको ज्यान गएको छ । इस्लामिक स्टेटप्रति समर्पित एडीएफले कोमान्डा सहरको क्याथोलिक चर्चमा प्रार्थनाका लागि भेला भएकामाथि हमला गरेको स्थानीयले जनाएका छन् ।

प्रार्थना स्थललक्षित उक्त हमला मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्डविपरीत भएको शान्ति अभियानका उपप्रमुख भिभियन भ्यान डे पेरेले बताए । कंगोको सेनाले भने हमलालाई ‘नरसंहार’ को संज्ञा दिँदै त्यसको निन्दा गरेको छ । ‘करिब ४३ जना मारिनुका साथै अन्य धेरै जना गम्भीर रूपमा घाइते भएका छन्,’ कंगो सेनाले जनाएको छ । एडीएफले भने ‘आतंक फैलाउने समूहमाथि’ बदला लिएको बताएको छ ।

युगान्डाको सिमानामा रहेको इटुरी क्षेत्रमा महिनौँको शान्तिपूर्ण वातावरणपछि पुनः रक्तपात भएको हो । यसअघि एडीएफले नै मम्बासा क्षेत्रमा गत फेब्रुअरीमा गरेको हमलामा पनि २३ जनाको मृत्यु भएको थियो । इरुमु क्षेत्रको कोमान्डा सहर सोपो, उत्तरी किवु र मनिमालाई जोड्ने तीन अन्य प्रान्तहरूको पनि व्यापारिक केन्द्र हो ।

युगान्डाको विद्रोही समूह एडीएफले उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा हजारौं सर्वसाधारणको हत्या र लुटपाट गर्दै आएको छ । २०२१ को अन्त्यमा, कम्पाला र किन्सासाले एडीएफविरुद्ध ‘सुजा’ भनिने संयुक्त सैन्य कारबाही गरेपछि सुरु भएको विद्रोह अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । कंगोली सेनाले एडीएफसँग बदला लिने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई सतर्क रहन र कुनै पनि शंकास्पद व्यक्तिहरू फेला परेमा रिपोर्ट गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम