मुख्य समाचार
बाराक ओबामाले गाजामा सहायता पुग्न दिनुपर्ने बताएका छन्
बाराक ओबामाले गाजामा सहायता पुग्न दिनुपर्ने बताएका छन्

: अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा सहायता पुग्न दिनुपर्ने बताएका छन्। ओबामाले सामाजिक सञ्जाल एक्समा लेख्दै गाजाका मानिसबाट खाना र पानीलाई टाढा राख्नुको कुनै तर्क नरहेको बताएका हुन्।


गाजामा भोकमरी, कुपोषण र अनिकाल रहेको भन्दै ओबामाले यो अवस्था देखेर विश्व चुप लागेर बस्न नसक्ने बताए। उनले भने,‘गाजा संकटको स्थायी समाधानका लागि इजरायली बन्धकको रिहाइ र इजरायली सैन्य कारबाहीको अन्त्य आवश्यक छ। यस्ता लेखले निर्दोष मानिसको भोकमरीबाट हुने मृत्युको त्रासदी रोक्न तत्काल कारबाहीको आवश्यकतालाई जोड दिन्छन्।’



गाजामा खाद्यान्न अभावले अनिकाल जस्तो अवस्था निम्त्याएको छ। विश्व स्वास्थ्य संगठनले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र तीव्र गतिमा बढिरहेको चेतावनी दिएको छ।


आइतबार, जोर्डन र युएईले हवाई मार्गबाट राहत सामग्री खसालेका थिए।

यसैबीच इजरायलले गाजाका केही भागमा दैनिक १० घण्टा सैन्य कारबाही बन्द गर्ने र संयुक्त राष्ट्र संघलाई राहत सामग्री पठाउनका लागि एउटा कोरिडोर खोल्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बुधबार आफ्नो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘भारत हाम्रो मित्र ...
— बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् । तर यसमा केही सर्तहरू भने छन् । बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । गाजाको भयावह अवस्था अन्त्य ...
: चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ। शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका ...
: दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्। यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति ...
। रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो ...