मुख्य समाचार
‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने
‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने

। बलिउड अभिनेता तथा निर्माता आमिर खानले आफ्नो पछिल्लो सुपरहिट फिल्म ‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने भएका छन् ।

दर्शकले १०० रुपैयाँ भारु (१६० रुपैयाँ नेरु) तिरेर यो फिल्म युट्युबमा हेर्न सक्नेछन् । ‘मूभिज-अन-डिमान्ड’ मोडलमा यो फिल्मलाई रिलिज गर्न लागिएको आमिरलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।




विश्वब्यापी ३० मिलियन डलरको कमाइ गरेको यो फिल्म दर्शकले युट्युबमा भारतसहित ३८ अन्तर्राष्ट्रिय बजारमा हेर्न सक्नेछन् ।

‘लगभग १५ वर्ष पहिले, मैले महसुस गरें कि हाम्रा सबैभन्दा सफल फिल्महरू जस्तै ’थ्री इडियट्स’ वा ’दंगल’, थिएटरमा हेर्ने मानिसको तथ्याङ्क जनसंख्याको लगभग २-३% हो’ खानले भेराइटीलाई भने, ‘त्यसोभए मेरो मनमा आएको अर्को विचार के हो भने, हामी बाँकी ९७-९८% सम्म कसरी पुग्ने ?’



भारतीय मिडियोको परिदृश्यमा देखिएका थुप्रै्र प्राविधिक र व्यवहारिक परिवर्तनको बाबजुद आमिर खानले यो परीक्षण गर्न लागेका हुन् । गत महिना उनले यो फिल्मलाई ओटीटीमा रिलिज नगर्ने बताएका थिए ।

युट्युबमा रिलिज गर्ने उनको यो निर्णयलाई ओटीटीलाई उनको चुनौतीको रुपमा हेरिएको छ ।

खानले डिजिटल भुक्तानी र इन्टरनेटको बढ्दो पहुँच, स्मार्टफोन र स्मार्ट टिभीको प्रसारजस्ता कुराले यो निर्णयलाई व्यवहारिकरुपमा सफल बनाउने बताए ।

‘भारत इलेक्ट्रोनिक भुक्तानीमा नम्बर १ देश हो । लगभग सबैले भुक्तानी गर्न विभिन्न एपहरू प्रयोग गर्छन्’ खानले टिप्पणी गरे, ‘पहिले इन्टरनेट पहुँच त्यति बलियो थिएन । आज, यो धेरै बलियो छ र बलियो हुँदै गइरहेको छ ।’

युट्युब इन्डियाकी कन्ट्री प्रबन्ध निर्देशक गुञ्जन सोनीले आमिरसँग साझेदारीको प्रमुख कारणको रूपमा प्लेटफर्मको व्यापक पहुँच प्रमुख रहेको बताइन् ।

भारत र अन्तर्राष्ट्रिय स्तरमा व्यापक दर्शकसम्म पुग्नको लागि यो फिल्मले प्रमुख भाषाहरूमा सबटाइटल र डबिङ सुविधा प्रदान गर्ने भएको छ । आमिरको आगामी फिल्मको रुपमा सनी देओल र प्रीति जिन्टा अभिनीत “लाहोर १९४७“ र जुनैद खान र साई पल्लवी अभिनीत “एक दिन“ समावेश छन् ।

यी दुबै उनको आमिर खान प्रोडक्सनको ब्यानर अन्तर्गत बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...