मुख्य समाचार
न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु
न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु

। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् ।

ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए ।




सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए ।

प्रहरी अधिकारीहरु त्यहाँ किन थिए भन्ने पूर्ण जानकारी आइसकेको छैन । तर प्रहरी आयुक्त जेसिका टिसका अनुसार त्यहाँ दुई जना प्रहरीहरु ‘पेड डिटेल’मा नियुक्त भएका थिए ।



‘पेड डिटेल’ कार्यक्रम अन्तर्गत निजी कम्पनीहरुले थप सुरक्षाका लागि युनिफर्मसहितका प्रहरीलाई भाडामा लिन सक्दछन् ।

गोली चलेको ६३४ फिट अग्लो भवनमा नेशनल फुटबल लिग, ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू छन् ।



गन भायोलेन्स आर्काइभको तथ्यांक अनुसार यो अमेरिका भित्र यसै वर्ष भएको २५४ औं सामूहिक गोलीकाण्ड हो ।

प्रहरी अधिकारीहरुले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका छन् र गोली चलाउनुको कारण अझै स्पष्ट नभइसकेको बताएका छन् ।

गोली चलाउने व्यक्ति एमबीडब्ल्यू गाडी चढेर आएका थिए । उनीसँग एम–फोर राइफल र एक रिभल्बर पनि थियो । उनी चढेर आएको गाडीमा त्यसका गोली र म्यागेजिन पनि फेला परेको छ ।

साथै उनीसँग नेभाडा राज्यको ड्राइभिङ लाइसेन्स पनि भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चीनले इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई अवैध भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा उक्त प्रतिबन्धलाई अवैध भनेका हुन् । ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुनी आधार वा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति नभएका एकपक्षीय प्रतिबन्धहरूको विरोध गर्दै आएको छ,’ जियाकुनले भने । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही साता ...
। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो । यद्यपि, उसले त्यसका लागि अपनाइने सम्भावित कदमबारे थप विवरण सार्वजनिक गरेको छैन । यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश ...
। राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले रुसको संसदीय चुनावमा ऐतिहासिक विशाल बहुमत हासिल गरेको छ। साँच्चैका विपक्षीहरूलाई लगभग पूर्ण रूपमा बाहिर राखिएको यस नियन्त्रित चुनावको अन्तिम आधिकारिक नतिजाले यस्तो देखाएको हो। आइतबार सम्पन्न भएको तीन दिने मतदानपछि सोमबार घोषणा गरिएको नतिजाअनुसार, ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै युनाइटेड रसियाले तल्लो सदन स्टेट डुमाका तीन-चौथाइ (७५ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् । सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई ह्वाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गरेका छन् । ती सञ्चारमाध्यमले संयुक्त विज्ञप्तिमार्फत सरकारले आफूलाई मन ...
। अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सोमबार अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सन् २०२९–३० को दुईवर्षे कार्यकालका लागि अस्ट्रेलियाको उम्मेदवारी अभियान सुरु गरेका हुन्। अस्ट्रेलियाले सुरक्षा परिषद्‌मा रहेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, द्वन्द्व रोकथाम, जलवायु तथा समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा भूमिका खेल्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम