मुख्य समाचार
सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनकालगायत घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्ने
सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनकालगायत घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्ने

। सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनकालगायत घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्ने भएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले यस्तो जानकारी दिएका हुन् ।




मन्त्री चौरसियाका अनुसार शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । शान्ति प्रक्रिया र द्वन्द्व रुपान्तरणका क्रममा भएका सहमति समझदारी एवम् सम्झौताको एकीकृत अभिलेख तयार गर्ने कार्य अगाडि बढेको छ ।

‘जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठनको कार्य गरिदैछ।’ मन्त्री चौरसियाले भने ।



उनका अनुसार सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवननिर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनस्थापना र परिपुरण लगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिदैछ ।

आर्थिक वर्ष २०८१/८२ को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित बजेटमार्फत द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापना लागि शान्ति कोष स्थापना गरी १ अर्ब विनियोजन गरिएको छ ।

मन्त्री चौरसियाका अनुसार राजनीतिक परिवर्तनका लागि सशस्त्र सङ्घर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइँदैछ ।द्वन्द्वका क्रममा अपाङ्ग भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशतलाई पुनरावलोकन तथा पुनर्निर्धारण गरी औषधी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रूपना तोकिएको छ ।

मन्त्री चौरसियाले कानूनी शासनको प्रत्याभूति गरी मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइएको बताए । न्याय प्रणालीलाई छिटोछरितो, प्रभावकारी, अनुमानयोग्य र पहुँचयोग्य बनाउन सूचना प्रविधिको प्रयोग गरिएको उल्लेख गर्दै अगाडि भनेका छन्,’न्यायिक जनशक्तिको क्षमता विकास गरिनेछ निःशुल्क कानूनी सहायता कार्यक्रमलाई सबै जिल्लामा विस्तार गरिदैछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले बुधबार राष्ट्रिय सभामा प्रतिवेदन प्रस्तुत गरेकी हुन् । समितिले यसअघि ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ तयार पारेको थियो । जसलाई सभामा प्रस्तुत गरिएको हो ...
। नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिए । ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार ...
। रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्‍याएको छ । अघिल्लोपटकको बाढीले पनि यो सबस्टेसनमा ठूलो क्षति पुगेको थियो । सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । अन्य प्लान्टहरुमा भने ...
। चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ । निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका ४ जना सैनिकलाई गोविन्देले आक्रमण गरेको थियो । एक्कासी जम्काभेट भएको ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन् । गहिराइसहितको विषयकेन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए । बुधबार राष्ट्रियसभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्राजुएसन)को सन्दर्भमा बहस भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यो विधेयकमा अध्ययन नै गरेको थियो । बुधबार सभामा ...