मुख्य समाचार
७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक
७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक

। सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ हलिउड फिल्मको सूची सार्वजनिक भएको छ ।

जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ छ ।

१) फाइनल डेस्टिनेसन : ब्लडलाइन- १ करोड ५७ लाख नेरु ग्रस

२) सुपरम्यान- १ करोड ३३ लाख नेरु ग्रस

३) जुरासिक वर्ल्ड : रिबर्थ- १ करोड १८ लाख नेरु ग्रस

४) मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ- ९९ लाख ५९ हजार ग्रस

५) एफ वन : द मूभी- ६७ लाख ५१ हजार नेरु ग्रस

तर, यसवर्षको प्रारम्भिक ७ महिनाको शीर्ष ५ को सूचीमा सबै भारतीय फिल्म छन् । हलिउड पछिल्ला महिनामा केही कमजोर देखिएको छ ।

नेपाली दर्शकको रुचि कुनै निश्चित जनरामा मात्र नभएर भिन्न स्वाद र शैलीका फिल्ममा देखिएको छ । एड्भेन्च, हरर र थ्रीलर ‘फाइनल डेस्टिनेसन’ डेढ दशकपछि नयाँ श्रृंखलासहित रिलिज भएको हो ।

‘सुपरम्यान’लाई पनि दर्शकले रुचाएका छन् । ‘जुरासिक वर्ल्ड’ फे्रन्चाइज नेपालमा धेरै रुचाइने हलिउड फ्रेन्चाइजी पर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...