मुख्य समाचार
भट्टराईले सिन्धुलीका लोपोन्मुख हायू जातिका मानिस थातथलो छाडेर भौंतारिनु गम्भीर मानवीय संकट भएको बताएका छन्
भट्टराईले सिन्धुलीका लोपोन्मुख हायू जातिका मानिस थातथलो छाडेर भौंतारिनु गम्भीर मानवीय संकट भएको बताएका छन्

। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिन्धुलीका लोपोन्मुख हायू जातिका मानिस थातथलो छाडेर भौंतारिनु गम्भीर मानवीय संकट भएको बताएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायूको १६ जनाको परिवार आफ्नो थातथलो छाडेर केही सम्पर्कविहीनभएपछि सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो ।




प्रहरीले खोजी गर्दै जाँदा उनीहरु सोमबार पोखरामा भेटिएका थिए ।

सोही सन्दर्भमा डा. भट्टराईले लोपोन्मुख हायू समुदायले थातथलो छाडेर अन्यत्र गएको विषयलाई मानवीय संकटका रुपमा लिएर राज्य, राजनीतिक दल र सचेत नागरिकहरुले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।



मंगलबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै डा. भट्टराईले लोपोन्मुख, संविधानमा अति सीमान्तकृत, सीमान्तकृत जातिहरुलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गर्ने उल्लेख भएपनि कानून बन्न नसकेको गुनासो गरेका छन् ।

पटकपटक सरकारमा बसेर पनि त्यस सम्बन्धमा कानून नबनाउने र बनेको कानून पनि कार्यान्वयन नगर्नेहरुप्रति उनले आक्रोश पोखेका छन् ।

सदियौंदेखि नेपालभित्र बस्दै आएका र लोपोन्मुख बन्दै गएका हायू जातिले ठुला दल र नेतृत्वको गैरजिम्मेवारपूर्ण विभेदकारी रवैयाले दु:खद नियति व्यहोर्नु परेको डा. भट्टराईले उल्लेख गरेका छन् ।

राज्यले लोपोन्मुख जाति र समुदायको संरक्षण र सम्वर्द्धनमा ठोस कदम नचाले अरुले पनि यस्तै अवस्था व्यहोर्नुपर्ने उनको विश्लेषण छ ।

‘राज्यमा हालीमुहाली गर्दै आएकाहरूको यस्तै अपराधिक उपेक्षा कायम रहने हो भने अरु लोपोन्मुख जाति कुसुन्डा, राउटे, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा, कुसवाडियाहरूले पनि यस्तै दुरावस्था खेप्नुपर्नेछ । त्यसरी नै राज्य स्वयंले वर्गीकरण गरेको अति सीमान्तकृत जाति चेपांग, थामी, सतार, माझी, बरामो, दनुवार, झागडहरू र सीमान्तकृत जाति सुनुवार, राजवंशी, थारू, दुरा, कुमाल, दराई लगायतको भविष्य पनि यस्तै दर्दनाक हुनसक्छ’, डा. भट्टराईले लेखेका छन् ।

राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरुले उनीहरुको संवैधानिक र कानूनी दायित्व पूरा गर्न उनको आग्रह छ । ‘ अत: राज्यको नेतृत्व गर्ने र पालो कुर्नेहरूले क्षमायाचना सहित तुरून्त यी भूमिपुत्र/पुत्रीहरूप्रतिको संवैधानिक र कानूनी दायित्व पूरा गरून्, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् । बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान ...
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकास सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रभावकारी कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट ...
— पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ३ र ५ लाई सिमाना छुट्याएर बग्ने हेवांखोलास्थित सासुटारमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । यहाँ निर्मित पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पक्की पुल बगेपछि गाउँपालिका र स्थानीयको साझेदारीमा निर्माण गरिएको अस्थायी डाइभर्सनका भरमा रहेको यो खोलामा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरिएको आरोपप्रति आपत्ति जनाए। उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त भन्ने प्रश्नसमेत गरे। यसअघि बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का ...