मुख्य समाचार
युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते
युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते

: दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्।


यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जेलमा 'जानाजानी आक्रमण' गरिएको भन्दै निन्दा गरेका छन् । उनले रुसलाई युक्रेनीहरूको हत्या गरेको आरोप लगाएका छन्।


जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रहरू मध्ये एक हो । जसलाई रूसले २०२२ सम्ममा गाभ्ने दाबी गरेको थियो। यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनी नियन्त्रणमा छ।


युक्रेनको न्याय मन्त्रालयले जेलमा चारवटा बम विस्फोट भएको र त्यसबाट भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त भएको बताएको छ। मन्त्रालयले आक्रमणमा मारिएका र घाइते भएका सबै कैदी भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चीनले इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई अवैध भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा उक्त प्रतिबन्धलाई अवैध भनेका हुन् । ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुनी आधार वा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति नभएका एकपक्षीय प्रतिबन्धहरूको विरोध गर्दै आएको छ,’ जियाकुनले भने । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही साता ...
। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो । यद्यपि, उसले त्यसका लागि अपनाइने सम्भावित कदमबारे थप विवरण सार्वजनिक गरेको छैन । यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश ...
। राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले रुसको संसदीय चुनावमा ऐतिहासिक विशाल बहुमत हासिल गरेको छ। साँच्चैका विपक्षीहरूलाई लगभग पूर्ण रूपमा बाहिर राखिएको यस नियन्त्रित चुनावको अन्तिम आधिकारिक नतिजाले यस्तो देखाएको हो। आइतबार सम्पन्न भएको तीन दिने मतदानपछि सोमबार घोषणा गरिएको नतिजाअनुसार, ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै युनाइटेड रसियाले तल्लो सदन स्टेट डुमाका तीन-चौथाइ (७५ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् । सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई ह्वाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गरेका छन् । ती सञ्चारमाध्यमले संयुक्त विज्ञप्तिमार्फत सरकारले आफूलाई मन ...
। अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सोमबार अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सन् २०२९–३० को दुईवर्षे कार्यकालका लागि अस्ट्रेलियाको उम्मेदवारी अभियान सुरु गरेका हुन्। अस्ट्रेलियाले सुरक्षा परिषद्‌मा रहेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, द्वन्द्व रोकथाम, जलवायु तथा समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा भूमिका खेल्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम