मुख्य समाचार
मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण
मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण

: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकको निरीक्षण गरेका छन्।


मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो। त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिए। नदीबाट हुने क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे।


यस्तै उनले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए।


मितेरी पुल निर्माणको कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकास सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रभावकारी कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट ...
— पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ३ र ५ लाई सिमाना छुट्याएर बग्ने हेवांखोलास्थित सासुटारमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । यहाँ निर्मित पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पक्की पुल बगेपछि गाउँपालिका र स्थानीयको साझेदारीमा निर्माण गरिएको अस्थायी डाइभर्सनका भरमा रहेको यो खोलामा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरिएको आरोपप्रति आपत्ति जनाए। उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त भन्ने प्रश्नसमेत गरे। यसअघि बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का ...
विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत