मुख्य समाचार
सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी
सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी

। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए ।

‘सरकारले एकदुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्‍यो भने कारबाही हुन्छ । त्यही त गर्ने होला नि ।’

यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप थियो ।

‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय ? गम्भीर विषयमा छलफल हुँदाखेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु,’ प्रधानमन्त्री ओलीले भने ।

उनले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद‍्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट ...
— माओवादी केन्द्रको पदाधिकारी बैठकले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको हो । माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने ...
— बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट एक जना युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए ...
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् । बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान ...
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...