मुख्य समाचार
राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन्
राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन्

। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन् । गहिराइसहितको विषयकेन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए ।

बुधबार राष्ट्रियसभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्राजुएसन)को सन्दर्भमा बहस भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यो विधेयकमा अध्ययन नै गरेको थियो ।

बुधबार सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफल पुरै सुने । त्यसपछि जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका सदस्यहरूको प्रशंसा गरेका हुन् ।

‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो त्यस्तै भएको छ ।’



सभाध्यक्ष नारायण दाहालले प्रतिवेदनमाथि बोल्न सांसदलाई तीन मिनेटको समय दिएका थिए । त्यसक्रममा उनले सुरुमै विषय केन्द्रित भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।

सभाध्यक्ष दाहालको आग्रह र अपेक्षा अनुसारकै बहस भएको भनेर जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गरेका हुन् ।

‘समयसीमाभित्र छलफल सीमित गर्नुभएको छ । ३ मिनेटको समयमा केही पनि नछुट्ने गरी प्रस्तुत हुनुभएको छ । सबै वेल प्रिपेयर्ड (राम्रो पूर्व तयारी)’, प्रधानमन्त्री अ‍ोलीले भनेका छन्, ‘बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद‍्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट ...
— माओवादी केन्द्रको पदाधिकारी बैठकले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको हो । माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने ...
— बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट एक जना युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए ...
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् । बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान ...
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...