मुख्य समाचार
नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ
नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ

। चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ ।

निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका ४ जना सैनिकलाई गोविन्देले आक्रमण गरेको थियो ।




एक्कासी जम्काभेट भएको गोविन्दले पैदल फर्किँदै गरेका सेनामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् ।

सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि गोविन्दे भागेको थियो ।



घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको रत्ननगर बकुलहर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कछुवानी पोस्टमा ११ जना सैनिक बस्दै आएका छन् । यसअघि, सेना तथा निकुञ्जको टोलीमाथि आक्रमण गर्न आएपछि सेनाले हानेको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद‍्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट ...
— माओवादी केन्द्रको पदाधिकारी बैठकले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने भएको हो । माओवादी सचिव लिलामणि पोखरेलका अनुसार साउन १६ गतेदेखि बस्ने ...
— बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट एक जना युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए ...
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्मकै सरकारको गलत नीति र योजनाले चूरे विनाश हुँदा मधेश मरुभूमितिर गइरहेको बताएका छन् । बुधबार सप्तरीको राजविराज नगरपालिका–२ मा आयोजना गरिएको जसपा, नेपाल एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले पुरै मधेश सुक्खा र संकटग्रस्त बनिसकेको छ, अन्नदाता किसान ...
— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती ...