मुख्य समाचार
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा

— अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ ।


यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो ।

डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने यो नियमका बारेमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सूचनामन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

सरकारले घोषणा गरेको प्रतिबन्धअन्तर्गत युट्युबमा उमेर अनुकूलको भिडियो हेर्न भने पाइनेछ तर आफ्नो नाममा खाता सञ्चालन गरेर भिडियोलगायतका सामाग्री राख्न पाइनेछैन । सरकारले गत वर्षको नोभेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई टिकटक, फेसबुक, स्नापच्याट, एक्स चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर उक्त समयमा युट्युबलाई भने उक्त प्रतिबन्धमा राखिएको थिएन । तर अहिले आएर सरकारले युट्युबलाई समेत प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विश्वमै पहिलो भनिएको ‘एज रेस्ट्रिक्टेड सोसल मिडिया प्लेटफर्म’ कानुनअनुसार तोकिएको उमेरमुनिका बालबालिकालाई खाता खोल्न नदिन आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक रूपमा हानी पुर्‍याइरहेको बताएका छन् । ‘हामी अभिभावकलाई भन्न चाहन्छौँ कि हामी उनीहरुको साथमा छौँ,’ उनले भनेका छन् । अस्ट्रेलियाकी सञ्चारमन्त्री वेल्सले अस्ट्रेलियाले आफ्ना बालबालिकालाई सुरक्षित राख्ने प्रयास गरेको बताएकी छिन् । अनलाइनमार्फत खेलिने खेल, म्यासेज आदानप्रदान र शिक्षा तथा स्वास्थ्यसम्बन्धी एपहरूलाई भने यो प्रतिबन्धमा समावेश गरिएको छैन ।

प्रतिबन्ध गरिएका कम्पनीले यदि कानुन पालना नगरेको पाइएमा ५ करोड अस्ट्रेलियन डलरसम्म लगाउन सकिने जनाइएको छ । अस्ट्रेलियास्थित ई-सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार २ हजार ६ सय बालबालिकामा गरिएको सर्वेक्षण दस जनामा चार जना बालबालिकाले हानी पुर्‍याउने सक्ने सामग्रीको सामना गर्नुपरेको समाचार माध्यमहरूलाई बताएकी छिन् ।

सेन्टर फर एक्सेलेन्स इन चाइल्ड एन्ड फ्यामिली सर्भिसले ई-सेफ्टी कमिसनले हालै सार्वजनिक गरेको रिपोर्टमा १३ देखि १५ वर्षका ९५ प्रतिशत बालबालिकाले गत वर्ष सामाजिक सञ्जाल प्रयोग गरेका थिए । यसैगरी ८ देखि १२ वर्षका १३ लाख बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरेका थिए जसमा ३६ प्रतिशतको आफ्नै खाता रहेको थियो भने ५४ प्रतिशतले आफ्ना अभिभावकको खाता प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम