मुख्य समाचार
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा

— अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ ।


यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो ।

डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने यो नियमका बारेमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सूचनामन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

सरकारले घोषणा गरेको प्रतिबन्धअन्तर्गत युट्युबमा उमेर अनुकूलको भिडियो हेर्न भने पाइनेछ तर आफ्नो नाममा खाता सञ्चालन गरेर भिडियोलगायतका सामाग्री राख्न पाइनेछैन । सरकारले गत वर्षको नोभेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई टिकटक, फेसबुक, स्नापच्याट, एक्स चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर उक्त समयमा युट्युबलाई भने उक्त प्रतिबन्धमा राखिएको थिएन । तर अहिले आएर सरकारले युट्युबलाई समेत प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विश्वमै पहिलो भनिएको ‘एज रेस्ट्रिक्टेड सोसल मिडिया प्लेटफर्म’ कानुनअनुसार तोकिएको उमेरमुनिका बालबालिकालाई खाता खोल्न नदिन आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक रूपमा हानी पुर्‍याइरहेको बताएका छन् । ‘हामी अभिभावकलाई भन्न चाहन्छौँ कि हामी उनीहरुको साथमा छौँ,’ उनले भनेका छन् । अस्ट्रेलियाकी सञ्चारमन्त्री वेल्सले अस्ट्रेलियाले आफ्ना बालबालिकालाई सुरक्षित राख्ने प्रयास गरेको बताएकी छिन् । अनलाइनमार्फत खेलिने खेल, म्यासेज आदानप्रदान र शिक्षा तथा स्वास्थ्यसम्बन्धी एपहरूलाई भने यो प्रतिबन्धमा समावेश गरिएको छैन ।

प्रतिबन्ध गरिएका कम्पनीले यदि कानुन पालना नगरेको पाइएमा ५ करोड अस्ट्रेलियन डलरसम्म लगाउन सकिने जनाइएको छ । अस्ट्रेलियास्थित ई-सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार २ हजार ६ सय बालबालिकामा गरिएको सर्वेक्षण दस जनामा चार जना बालबालिकाले हानी पुर्‍याउने सक्ने सामग्रीको सामना गर्नुपरेको समाचार माध्यमहरूलाई बताएकी छिन् ।

सेन्टर फर एक्सेलेन्स इन चाइल्ड एन्ड फ्यामिली सर्भिसले ई-सेफ्टी कमिसनले हालै सार्वजनिक गरेको रिपोर्टमा १३ देखि १५ वर्षका ९५ प्रतिशत बालबालिकाले गत वर्ष सामाजिक सञ्जाल प्रयोग गरेका थिए । यसैगरी ८ देखि १२ वर्षका १३ लाख बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरेका थिए जसमा ३६ प्रतिशतको आफ्नै खाता रहेको थियो भने ५४ प्रतिशतले आफ्ना अभिभावकको खाता प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...
— इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ । पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र ...
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको बताएको छ । साथै २२ सय टावरको क्षमता अभिवृद्धि गरको छ ।
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम