मुख्य समाचार
एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै
एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै

— एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै छ । नेपालसामु त्यसमा छनोटको अवसर हुनेछ । तर, छनोट आफैंमा सजिलो भने हुने छैन ।


किनभने यसक्रममा नेपालले बलियो न बलियो टोली उत्तर कोरियाको सामना गर्नुपर्नेछ । छनोटको एउटा नियममा नेपाल केन्द्रित रहनेछ । त्यसको फाइदा लिने प्रयासमा हुनेछ ।

छनोटमा कुल ३२ टिम सहभागी छन् । त्यसमध्ये नेपाल नै सम्मिलित समूह ‘ए’ बाट मंगोलियाले नाम फिर्ता लिएको छ । बाँकी टिमले ८ समूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये प्रत्येक समूहको विजेता स्वतः छनोट हुनेछन् । दोस्रो स्थानमा रहने उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ । त्यसैले नेपालको नजर यसैमा हुनेछ ।

नेपालको समूहमा अन्य टिममा छन् भुटान र साउदी अरेबिया । छनोट अगस्ट ६ देखि १० सम्म भुटानमै हुनेछ । नेपालले उत्तर कोरियाविरुद्धको एउटा खेललाई छाडेर अन्य दुईमा राम्रो नतिजा निकाल्न सक्ने हो भने छनोटको सम्भावना जीवित रहनेछ । तर नेपाली टिम भने उत्तर कोरियाविरुद्ध सक्दो राम्रो खेल्ने र ठूलो टिम भन्दैमा बढी महत्त्व नदिने पक्षमा छन् ।

नेपाली टोलीका प्रशिक्षक छन्, यामबहादुर गुरुङ । उनकै नेतृत्वमा नेपालले हालै मात्र बंगलादेशमा भएको साफ यू–२० च्याम्पियनसिप खेलेको थियो । त्यसयता नेपाल फर्केको टिमले एक साता जतिको अभ्यास गरेको छ । प्रशिक्षक गुरुङले यसै पृष्ठभुमि बुधबार आयोजित प्रेस मिटमा भनेका छन्, ‘पछिल्लो प्रतियोगितामा भएको भुल सच्याएर खेल्ने प्रयास गर्ने छौं ।’




उनले थपे, ‘हाम्रो टिमको मध्यपंक्तिमा केही समस्या थिए । त्यसलाई सच्चाउने गृहकार्य गरेका छौं । गोलरक्षणमा पनि केही समस्या देखिएको थियो । त्यसबारे पनि काम गरेका छौं ।’ बंगलादेशमा आफ्ना खेलाडी थकानबाट गुज्रेको र त्यसको प्रभाव खेलमा पनि देखिएको उनले सुनाए । ‘बंगलादेशमा सुरुआती ११ का खेलाडीले लगातार खेल्नुपरेको बाध्यता पनि थियो,’ उनले भने, ‘उत्तर कोरियासँग आत्तिएर खेल्नुपर्ने भन्ने छैन । हामी पनि ११ खेलाडी हुनेछौं, उनीहरू नि ११ खेलाडी हुनेछन् । हामी डार्कहर्स हौं । उत्तर कोरिया विश्व च्याम्पियन वा एसियाली च्याम्पियन भनेर ध्यान दिएकै छैनौं ।’

नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले टिमको तयारी राम्रो भएको दाबी गरिन् । उनले भनिन्, ‘टिमको समन्वय राम्रो भएको छ । हामी राम्रो उत्साह लिएर जाँदैछौं । राम्रो नतिजा निकाल्ने विश्वास छ । हामी छनोटकै उद्देश्यमा हुनेछौं । हाम्रो रक्षापंक्तिमा अलिकति समस्या हो, अग्रपंक्ति त धेरै राम्रो छ ।’

नेपाली टोली : गोलकिपरमा लीला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ, डिफेन्डरमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, मिडफिल्डरमा बिर्सना चौधरी (कप्तान), कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ र सेनु परियार तथा फरवार्डमा कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम