मुख्य समाचार
नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ
नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ

— किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् ।


अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती कागजात तामाङले बिक्री वितरण गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार धुलिखेल नगरपालिका-१२को वडा कार्यालयमा तामाङले पेस गरेको कागजातमा शंकास्पद देखिएपछि कार्यालयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा नक्कली कागजात भएको पुष्टि भएको उनले जनाए ।



उनीहरुले धुलिखेल-१२ को वडा कार्यालयको लेटर प्याड, छाप तथा वडाध्यक्षको सहीसमेत किर्ते गरी नक्कली बनाएको पाइएको छ । उनीहरूको साथबाट विभिन्न २६ वटा संस्थाको छाप, कागजात, विभिन्न दरको नेपाली नगद ६८ हजार ७७० रुपैयाँ, विभिन्न मुलुकका १४ वटा नोट, २ वटा नागरिकता, राहदानी, पेन ड्राइभ ११ वटा, २ वटा हार्ड ड्राइभलगायत सामग्रीसमेत बरामद गरिएको छ ।


सोमबार पक्राउ परेका उनीहरुलाई लिखतसम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खीर खाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनका लागि काम सम्पन्न भइसकेको बताएका हुन्। कृषिलाई रूपान्तरण गर्न नसकिए देशको विकास हुन नसक्ने भन्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई ...
: उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका छन्। बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुन्। उनले आफूहरू सत्तामा ...
: दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ परेका छन् । नुवाकोट ककनीका युवराज गुरुङ,रविन्द्र गुरुङ र दिलकुमार तुम्बाफो ठमेलको नगरकोट दोहोरी साँझबाट पक्राउ परेका । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी कुलदिप चन्दका अनुसार उनीहरू अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए। पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङ विवादित पृष्ठभूमि भएका ...
: मोटरसाइकलले ठक्कर दिँदा सडक छेउमा हिँडिरहेका एक जनाको मृत्यु भएको छ। नवलपुरबाट गोरखातर्फ आइरहेका लु६१प ४६८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गोरखा नगरपालिका १० वीरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्रदेश अस्पताल गोरखामा सामान्य उपचार गरी भरतपुरस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ...
: मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल,रसुवाकै पासाङ ल्हामु राजमार्ग,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा ...