मुख्य समाचार
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन्
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन्

: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन्। विधान विपरीत आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न भएको भन्दै उनले गंगाराममाथि कार्यान्वयनयोग्य प्रश्नहरू उठाउँदै कारबाहीको चेतावनी दिएकी हुन्।



स्वास्थ्य समस्याका कारण केही समयदेखि पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकिरहेका बेला आफूलाई नियम विपरीत पार्टीको बैठक बोलाएर अवैधानिक निर्णयहरू गरेको रञ्जिताको आरोप छ। उनले पार्टी अन्तरिम विधान २०७८ को धारा १७ अनुसार किन कारबाहीयोग्य कार्य गरेको भन्दै स्पष्टीकरण पेश गर्न २४ घण्टे समयसीमा तोकेकी छन्।


अध्यक्षको अनुमति र उपस्थिति बेगर पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णय लिएको उनको आरोप छ। निर्वाचन आयोगले अवैधानिक ठहर गरिसकेको महाधिवेशनको आधारमा आफूलाई महासचिव भनेर पत्राचार गरेको र सो कार्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा असर पुर्‍याउने खालको रहेको श्रेष्ठको भनाइ छ।


त्यस्तै पार्टी परित्याग गरी अर्को दलमा प्रवेश गरिसकेका योगेन्द्र तामाङ घिसिङलाई बैठकमा अनिवार्य उपस्थित गराई निर्णय प्रक्रियामा सामेल गराएको आरोप पनि रञ्जिताको छ।

श्रेष्ठले पत्रमा भनेकी छन्, 'पार्टीको एकता र जनताको भावना प्रतिकूल हुने कार्यप्रति जिम्मेवारी बहन नगरेको देखिएकाले विधान बमोजिम किन कारबाही नगर्ने भन्ने स्पष्टीकरण २४ घण्टा भित्र दिनुहोस्, अन्यथा विधान अनुसार कारबाही गरिनेछ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सङ्खुवासभाको सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक महिनाअघि निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिहीबार गरेका हुन् । ४ करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई आपसमा मात्र होइन, खाँदबारी बजारसँग पनि जोड्नेछ । ...
— एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले २.८ अर्ब येन(२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले भत्काएको बीपी राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको हो । २०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ...
— गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो । चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको भनाइ छ । 'बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर ...
— निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने भएको छ। यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा तयार गरेको छ, जसमा दलहरूको मूल्यांकनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ। मस्यौदाले संगठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२ तथा दलको जिम्मेवारीका लागि १५ अंकभार प्रस्ताव गरेको छ। त्यसैगरी, लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १० ...
— सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमालाई एकद्वार बनाउन भन्दै म्यादी जीवन बिमा गर्नुपर्ने प्रावधानलाई हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बिमालाई हटाउने प्रस्ताव गरेको छ । श्रम मन्त्रालयले यो विधेयकलाई अन्तरिम रूप दिई कानुन मन्त्रालयमा पठाउने तयारी गरेको हो । मन्त्रालयले राखेको यो संशोधन ...