मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने

: संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन्।



संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छ्लफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भइसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताएका हुन्। मन्त्री पाण्डेले भने,' देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाइदा लिनुपर्छ ।'


यस्तै पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको उनको भनाइ छ।


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र संचालन मोडालिटी बनाएर आगाडि बढ्ने मन्त्रीले पाण्डेले जानकारी दिए । भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्यामात्र नभइ सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ थियो ।

लामो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज सञ्चालनमा रहेको बताउँदै नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...