मुख्य समाचार
ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने
ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने बताएका छन्। उनको यो घोषणा दक्षिण कोरियासँगको व्यापार सम्झौता पछि आएको हो।



‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ। संयुक्त राज्य अमेरिका दक्षिण कोरियासँग व्यापार सम्झौतामा पूर्ण रूपमा सहमत भएको छ,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे।


दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले यो सम्झौताले आफ्नो देशलाई अन्य देशभन्दा समान वा राम्रो स्थितिमा पुर्‍याउने बताएका छन्।


राष्ट्रपति ट्रम्पको यो घोषणा व्यापार सम्झौताका लागि तोकेको अगस्ट १ को समयसीमा समाप्त हुनुभन्दा एक दिन अघि आएको हो।

देशहरूले यो समयसीमा भित्र अमेरिकासँग सम्झौता गर्नुपर्नेछ। अन्यथा उनीहरूले उच्च शुल्कको सामना गर्नुपर्नेछ।

दक्षिण कोरियाले पनि अमेरिकासँग यो सम्झौतामा हस्ताक्षर नगरेको भए २५ प्रतिशत कर लगाइने थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...
: पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। सजाय सुनाइएकाहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो। यसले गर्दा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए। बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा रहेको विशाल तेल भण्डार विकास गर्न अमेरिका र पाकिस्तानबीच सम्झौता भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा ट्रम्पले अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौता गरेको बताएका हुन्। यसअन्तर्गत दुवै देशले पाकिस्तानको ठूलो तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्। उनले भने, 'हामी हाल यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनौट गर्ने ...
— दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ । युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ...
— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती ...