मुख्य समाचार
दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ
दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ

: दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ परेका छन् । नुवाकोट ककनीका युवराज गुरुङ,रविन्द्र गुरुङ र दिलकुमार तुम्बाफो ठमेलको नगरकोट दोहोरी साँझबाट पक्राउ परेका । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी कुलदिप चन्दका अनुसार उनीहरू अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए।



पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङ विवादित पृष्ठभूमि भएका व्यक्ति हुन् । अत्यधिक मदिरा सेवनपछि दुई पक्षबीच विवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र र पाँचथर फिदिम नगरपालिका -१० का २६ वर्षीय तुम्बाफोलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउपछि उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सञ्चालकमाथि गुण्डागर्दी गरेको घटनामा संलग्न भएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...