मुख्य समाचार
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर सम्बन्धित कम्पनीबाट भागेर साउदी सरकारको कानुन नियम विपरीत काम गरि जेल सजाय भोगेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ।



दूतावास रियादका अनुसार पवित्र महिना रमजान १४४६ को अवसर पारी साउदीको जेलमा रहेका ६५ जना नेपालीलाई साउदीले सरकारले दूतावासलाई लिखित रूपमा सूचना दिई आममाफी दिएको जानकारी गराएको छ साथै नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी समेत दिएको छ भने आममाफी पाउने साउदीका विभिन्न सहर र विभिन्न जेलमा रहेका थिए।


आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर जेल कैद सजाय भोग्नु परेको थियो। साउदी अरबमा लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ।


साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हुन्छ। साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये एक करोड २० लाख आप्रवासी कार्यरत रहेका छन् भने हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...