मुख्य समाचार
उमेर ४ देखि १४ वर्षका विद्यार्थीलक्षित ग्रासरुट फुटबल कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ नेपालमा पनि सुरु
उमेर ४ देखि १४ वर्षका विद्यार्थीलक्षित ग्रासरुट फुटबल कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ नेपालमा पनि सुरु

— उमेर ४ देखि १४ वर्षका विद्यार्थीलक्षित ग्रासरुट फुटबल कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ नेपालमा पनि बिहीबार सुरु भएको छ । दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीले राजधानीमा आयोजित कार्यक्रममा सहभागी विद्यालयमध्ये कौस्तुभ एकेडेमीका शिक्षक र विद्यार्थीलाई बल हस्तान्तरण गर्दै अभियान सुरु गरे ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको राखेको छ । त्यसक्रममा ३२ हजार ६ सय ४० वटा बल वितरण गरिने एन्फाले जनाएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम ६ वर्षयता युनेस्कोसँगको सहकार्यमा हुँदै आएको छ । सन् २०१९ मा लेबननबाट सुरु भएको कार्यक्रमले विश्वभर करिब ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान दिने उद्देश्य छ । हालसम्म १ सय ३९ राष्ट्रमा यो कार्यक्रम भइरहेको छ । एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा कार्यक्रम अगाडि बढाएको हो ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सहभागी युवा खेलाडीलाई प्रोत्साहित गर्दै ५० हजार दर्शक क्षमताको रंगशालामा खेल्न पाउने उद्घोष गरेका थिए । उनले भने, ‘सरकारले खेलकुद विकासमा प्राथमिकता दिएको छ । अब भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबलको नयाँ रंगशाला निर्माण हुनेछ । यहाँ उपस्थित कलिला नानीबावुले आउने दिनमा त्यो रंगशालामा खेल्न पाउने छौं ।’ ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा शुभारम्भ भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम