मुख्य समाचार
अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने
अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने

: स्थायी बसोबास अनुमति प्राप्त नभइ अस्थायी संरक्षित स्थिति (टीपीएस)को आधारमा अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने भएको छ । अधिकार प्राप्त सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस नविकरण नगर्ने घोषणा गरेसँगै टीपीएसमा रहेका धेरै नेपाली अमेरिका छाड्ने अवस्थामा पुगेका थिए ।



तर, अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोस्थित एक संघीय अदालतमा टीपीएससको निरन्तरताको मागसहित मुद्दा दायर गरिएको थियो । जसमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि बिहीबार अदालतले फैसला गर्दै नोभेम्बर १८,२०२५ सम्म पुनः सुनुवाइ गर्ने र तत्कालका लागि टीपीएस खारेजी प्रक्रिया स्थगन गर्न सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीलाई निर्देशन दिएको छ ।


यो टीपीएस खारेज गर्ने निर्णय कार्यन्वयन तत्काललाई स्थगन गर्न आएको आदेशबाट नेपाल,निकरागुवा र होन्डुरसका करिव ६० हजार टिपिएसमा रहेकाहरूलाई राहत मिलेको छ । यदि अदालतले यो आदेश नगरेको भए आउँदो अगस्त ५ भित्रमा उनीहरूले अमेरिका छोड्नुपर्ने थियो । नेशनल टीपीएस अलायन्सलगायतले सरकारको निर्णयविरुद्व मुद्दा जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...