: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्।
तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। अराउकानियाको दक्षिणी क्षेत्र प्यूर्टो साभेद्रामा आँधीबेहरीको कारण सडक र चट्टानमा खाल्डा भएका छन्। नुनिलो पानीले वनलाई पनि क्षति पुर्याइरहेको छ।
चिलीको तटमा आँधीबेहरीको तीव्रता र आवृत्ति बढ्दै गएको छ। केही छाल ११ मिटरसम्म अग्ला रेकर्ड गरिएका छन्। यसले तटीय रेखालाई द्रुत गतिमा कटान गरिरहेको छ।
एल निनो र ला निना जस्ता जलवायु चक्रका कारण समुद्री आँधी शक्तिशाली हुँदै गइरहेका छन्। यी आँधीले समुद्रमा बालुवा बोकेर लैजान्छन्। यसका कारण समुद्र तटहरू साँघुरिँदै छन् र समुद्रको सतह बढ्दै गएको छ।
वैज्ञानिकहरूले विगत केही दशकमा समुद्री छालको दिशा पश्चिम–दक्षिणपश्चिमबाट दक्षिण–पश्चिममा परिवर्तन भइरहेको छ। यो परिवर्तन प्रशान्त महासागरीय एन्टिसाइक्लोन दक्षिणतिर सर्दै जानुको कारणले हो। यसले गर्दा तटहरूमा क्षरण बढिरहेको छ।
छालहरूबाट बचाउन समुद्र तटमा पर्खाल बनाइँदै गरेको ठाउँमा मानिसलाई आउनबाट रोक्नका लागि काम भइरहेको छ र अगाडि खतरा साइनबोर्ड राखिएको छ।
चिलीको एल्गारोबो पनि समुद्री तटको कटानको सामना गरिरहेको छ। शक्तिशाली समुद्री छालबाट हुने क्षय रोक्न कामदारले तटमा पर्खाल बनाउँछन्।
होटल, रेस्टुरेन्ट र सडक जस्ता समुद्र तटहरूमा अनियन्त्रित निर्माणले प्राकृतिक बालुवा आपूर्तिलाई बाधा पुर्याएको छ।
युनिभर्सिडाड क्याटोलिकाको तटीय वेधशालाले ६७ समुद्र तटमा अध्ययन गरेको थियो।
२०१० को भूकम्प र २०१५–२०२२ को आँधीले समुद्री तटमा सबैभन्दा बढी क्षति पुर्याएको छ। ४५ समुद्री तटमा गरिएको एक अध्ययनले ८० प्रतिशत समुद्री तटहरूमा प्रति वर्ष ०.२ मिटरभन्दा बढीको क्षरण दर रहेको पत्ता लगाएको छ।