मुख्य समाचार
आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी
आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी

— नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी गरेकी छिन् । पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले 'अवैध' भेला गरी नाउपाको नयाँ अध्यक्ष चयन गरेको श्रेष्ठको आरोप छ ।


रेशम पक्षको बिहीबार बसेको राष्ट्रिय भेलाले बर्दिया-२ बाट निर्वाचित सांसद लालवीर चौधरीलाई अध्यक्षको जिम्मा दिएको छ । लालवीर रेशमका बुवासमेत हुन् । लालवीरलाई वैधानिक हिसाबले अध्यक्ष नतोकिएको भन्दै श्रेष्ठले भनिन्, 'यो अवैध छ । म कानुनी प्रक्रियामा जान्छु । यस्तै लफडाले नाउपाका सांसदहरूको कानुनी अवस्था के हुन्छ ?'

यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो। काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।

पार्टीको विवाद चर्किँदै गएको अवस्थामा रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भने अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिककरणसँगै भ्रष्टिकरणतर्फ अग्रसर गराइएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक व्यवस्थाको मार्गचित्र र विचार असफल भएको दाबी गरे । उनले भने, ‘यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको छ । लाखौं युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ ...
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा. भट्टराईले कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिसेको टिप्पणी गरे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्झौता समारोहमा बोल्दै उनले भने, ‘जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन। हामी विद्युत् बेचेर समृद्धि ल्याउन चाहन्छौं ।’ सरकारले उत्पादन भएको विद्युत् ...
। मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले ...
: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान ...