मुख्य समाचार
माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्
माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्

: पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले खनालप्रति कटाक्ष गरेका हुन्।



‘पार्टी फुटाएर गल्ती भयो’भन्ने खनालको पछिल्लो टिप्पणीलाई लक्षित गर्दै नेपालले खनाल ‘पार्टी निर्णय नमान्नेमा नम्बर वान’भएको दाबी गरे। नेपालले सार्वजनिक रूपमै जथाभबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न पनि खनाललाई सुझाव दिएका छन्। एमालेबाट एकीकृत समाजवादी फुटाएयता पहिलोपटक नेपालले खनालप्रति यस्तो कडा टिप्पणी गरेका हुन्।


वरिष्ठ नेता खनालले एउटा अन्तर्वार्तामा एमाले फुटाउनु गल्ती भएको बताएका थिए। त्यसको जवाफस्वरूप अध्यक्ष नेपालले खनालको उक्त टिप्पणी विश्वास गर्न लायकको नभएको बताए। उनले भने,‘उहाँले त्यो भन्नुभएको हो भन्ने मलाई विश्वास लागेको छैन। अचेल त एआईको जमाना छ। नबोलेको कुरा पनि बोलेको जस्तो देखाइन्छ ।’


साथसाथै उनले खनाल पार्टी निर्णयको उल्लंघन गर्ने नेताहरूको सूचीमा पहिलो स्थानमा रहेको दाबी गरे। ‘पार्टीमा बस्ने उहाँको अधिकार पनि छैन,’नेपालको टिप्पणी थियो।

खनालको भनाइपछि पार्टीभित्र तरंग ल्याउने प्रयास भएको भन्दै अध्यक्ष नेपालले यस्ता ‘अवज्ञा’ स्वीकार्य नहुने जिकिर गरे । ‘हाम्रो पार्टीको संस्थागत निर्णय अनुसार माओवादीसँग समाजवादी मोर्चाको निरन्तरता, विश्वासको आधारमा सहकार्य र सहमतिको विस्तार गर्ने हो । यसमा कोही एकजनाको असहमति चल्दैन,’उनले भने ।

अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकीकरणको कुनै छलफल नभएको पनि स्पष्ट पारे। उनले भने,‘हामी अहिले सहकार्यको मात्र कुरा गर्दैछौं । हल्ला फैलाउने जस्तो गरेर भ्रम सिर्जना गर्नु ठीक होइन ।’ उनका अनुसार हालको प्राथमिकता मोर्चाको सुदृढीकरण र साझा कार्यदिशा तय गर्नु हो।

उनले वर्तमान सत्ता गठबन्धनलाई पनि निशाना बनाएका छन्। ‘यो सरकार सबै हिसाबले असफल भएको छ,’अध्यक्ष नेपालले भने, ‘केपी ओलीको अहंकारले देश पीडित छ ।’ उनले प्रधानमन्त्री ओलीको रवैयाले मुलुकको राजनीतिक र प्रशासनिक स्थिति बिग्रिएको आरोप लगाए ।

आफूमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दालाई लिएर पनि उनले स्पष्टीकरणसमेत दिएका छन्। उनले भने,‘यो राजनीतिक प्रतिशोधको निहुँमा लगाइएको मुद्दा हो । ममाथि लागेको मुद्दा भ्रष्टाचारको हो भन्ने मान्दिन । सबै प्रक्रियागत निर्णयहरू मन्त्रालयदेखि क्याबिनेटसम्म सहमतिमा भएका छन् । कसैको फरक मत थिएन ।’

पतञ्जलि समूहसँग जोडिएको सार्वजनिक जग्गा विवादसम्बन्धी आरोपबारे उनले एक टुक्रा सार्वजनिक जग्गा पनि नदिएको दाबी गरे । ‘पतञ्जलिले किनेको जग्गा हदबन्दीभित्रै छ । कानुनले अनुमतिपूर्वक खरीद गर्न दिएको जग्गा हो,’उनले स्पष्ट पारे । आफूले एक पैसा नखाएको उनको दाबी छ । ‘मैले एक पैसा पनि तलमाथि गरेको छैन । सबै प्रक्रिया कानुनी ढंगबाट भएको छ । यो विषय मुद्दा होइन । बदनियत हो,’नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए। २८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन्। आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर ...
: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छन्। सर्वोच्च अदालतले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने धारणा राखेकी हुन्। ‘कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन ...
: नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्। राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको ...
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...