मुख्य समाचार
मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको
मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको

: गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन,भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए।



'लागुऔषधको प्रयोगले सडक दुर्घटना,आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागु गरेका थियौं ,'उनले भने अभियान सार्थक भएको छ ।'


विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्नुछ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,'उनले भने। लागुऔषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।


खास गरेर युवाहरूमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागुऔषधमा फसेको देखिएको छ,'उनले भने,लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।'

यस्तै गृहमन्त्री लेखकले लागुऔषध व्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । 'लागुऔषध व्युरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,'उनले भने।

गृहमन्त्रीले लागुऔषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागुऔषध व्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिककरणसँगै भ्रष्टिकरणतर्फ अग्रसर गराइएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक व्यवस्थाको मार्गचित्र र विचार असफल भएको दाबी गरे । उनले भने, ‘यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको छ । लाखौं युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ ...
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा. भट्टराईले कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिसेको टिप्पणी गरे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्झौता समारोहमा बोल्दै उनले भने, ‘जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन। हामी विद्युत् बेचेर समृद्धि ल्याउन चाहन्छौं ।’ सरकारले उत्पादन भएको विद्युत् ...
। मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले ...
: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान ...