मुख्य समाचार
सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित
सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित

— सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । साउन १४ गते तोकिएको निर्वाचन हुन नसकेपछि अर्को मिति समेत घोषणा हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो ।


विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा गत वर्ष नै स्ववियु निर्वाचन भइसकेको छ । तर केन्द्रीय क्याम्पसमा भने गत वर्ष चैत र यस पटक गरेर दुई पटक स्थगित भइसकेको छ । ‘तोकिएको मितिमा निर्वाचन हुन सकेन, तत्कालका लागि अर्को मिति पनि घोषणा भएको छैन,’ निर्वाचन समितिका संयोजक कर्णदेव भट्टले भने, ‘अहिलेलाई स्ववियु निर्वाचन अनिश्चित नै भएको छ।’

निर्वाचन समितिको कमजोरी, विद्यार्थी संगठनबीच झडपको अवस्था सिर्जना भएपछि तोकिएको मितिमा निर्वाचन हुन नसकेको हो। साउन १४ मा हुने निर्वाचनका लागि साउन ६ मा मनोनयनको कार्यतालिका थियो । मनोनयनका दिन नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको थियो । झडपमा परी केही विद्यार्थी घाइतेसमेत भए। प्रहरीले लाठीचार्जसमेत गरेको थियो । त्यसपछि मनोनयन नै हुन सकेन ।

‘हामीहरू छलफलमै बसिरहेका बेला क्रान्तिकारीका विद्यार्थीले पेट्रोल छर्केपछि विवाद भएको हो, त्यसपछि सबै प्रक्रिया रोकियो,’ नेविसंघका केन्द्रीय सदस्य इन्द्र साउदले भने, ‘हामीले स्ववियु निर्वाचन हुनुपर्छ भनेका छौं, अहिले परीक्षा पनि नजिकिएको छ, अब परीक्षापछि निर्वाचनको मिति तोकिनुपर्छ।’

निर्वाचन समितिले साउन २ गते संगठन दर्ता, ६ गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसअनुसार ७ संगठन र ३ स्वतन्त्र समूह दर्ता भएको संयोजक भट्टले बताए । ६ गतेको मनोनयन स्थगित भएपछि ९ गते पनि मनोनयनको मिति सारिएको थियो। तर उक्त दिन पनि विद्यार्थी संगठनबीच सहमति हुन सकेन ।

‘छलफल चलिरहेका बेला पेट्रोल छर्किनेमाथि कारबाही र राजीनामा दिएको निर्वाचन समितिले फेरि काम गर्न पाउँदैन भनेर हामीले मनोनयन रोक्न भनेका हौं,’ अनेरास्ववियूका प्रदेश सचिव कमल रोकायाले भने, ‘काम गर्न सक्दैन भनेर राजीनामा दिएको समितिले कसरी निर्वाचन गराउन सक्छ?’ उनले त्यसपछि विश्वविद्यालय र केन्द्रीय क्याम्पसले विद्यार्थी संगठनलाई निर्वाचनका विषयमा छलफलका लागि समेत नबोलाएको बताए।

मनोनयनको मितिपूर्व स्वतन्त्र विद्यार्थीहरूको समूहले पनि निर्वाचन समितिको कार्यालयमा ताला लगाएको थियो । उनीहरूले निर्वाचनसम्बन्धी संशोधित नियमावलीको विरोधमा ताला लगाएका थिए । पुरानो नियमावलीअनुसार विद्यार्थीको अध्ययनको समय सकिएसँगै स्ववियूको कार्यकाल पनि सकिने व्यवस्था थियो । तर संशोधित नियमावलीमा अध्ययन सकिए पनि कार्यकाल भने निर्धारित समय पूरा हुने व्यवस्था गरिएको छ । उक्त नियमावली विश्वविद्यालयको २०८१ फागुनमा बसेको सिनेटले संशोधन गरेको थियो ।



स्वतन्त्र विद्यार्थीहरूले लगाएको ताला निर्वाचन समितिले एकतर्फी रूपमा तोडेपछि विवाद चर्किएको हो । त्यही विषयमा छलफल भइरहेका बेला झडपको अवस्था सिर्जना भएको हो । अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष दलबहादुर धामीले सत्तारूढ दलकै विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियूले नचाहेका कारण निर्वाचन हुन नसकेको आरोप लगाए । उनले क्रान्तिकारीले निर्वाचनका लागि सक्दो प्रयास गरेको र फेरि पनि तत्काल निर्वाचन घोषणा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।