मुख्य समाचार
सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित
सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित

— सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । साउन १४ गते तोकिएको निर्वाचन हुन नसकेपछि अर्को मिति समेत घोषणा हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो ।


विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा गत वर्ष नै स्ववियु निर्वाचन भइसकेको छ । तर केन्द्रीय क्याम्पसमा भने गत वर्ष चैत र यस पटक गरेर दुई पटक स्थगित भइसकेको छ । ‘तोकिएको मितिमा निर्वाचन हुन सकेन, तत्कालका लागि अर्को मिति पनि घोषणा भएको छैन,’ निर्वाचन समितिका संयोजक कर्णदेव भट्टले भने, ‘अहिलेलाई स्ववियु निर्वाचन अनिश्चित नै भएको छ।’

निर्वाचन समितिको कमजोरी, विद्यार्थी संगठनबीच झडपको अवस्था सिर्जना भएपछि तोकिएको मितिमा निर्वाचन हुन नसकेको हो। साउन १४ मा हुने निर्वाचनका लागि साउन ६ मा मनोनयनको कार्यतालिका थियो । मनोनयनका दिन नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको थियो । झडपमा परी केही विद्यार्थी घाइतेसमेत भए। प्रहरीले लाठीचार्जसमेत गरेको थियो । त्यसपछि मनोनयन नै हुन सकेन ।

‘हामीहरू छलफलमै बसिरहेका बेला क्रान्तिकारीका विद्यार्थीले पेट्रोल छर्केपछि विवाद भएको हो, त्यसपछि सबै प्रक्रिया रोकियो,’ नेविसंघका केन्द्रीय सदस्य इन्द्र साउदले भने, ‘हामीले स्ववियु निर्वाचन हुनुपर्छ भनेका छौं, अहिले परीक्षा पनि नजिकिएको छ, अब परीक्षापछि निर्वाचनको मिति तोकिनुपर्छ।’

निर्वाचन समितिले साउन २ गते संगठन दर्ता, ६ गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसअनुसार ७ संगठन र ३ स्वतन्त्र समूह दर्ता भएको संयोजक भट्टले बताए । ६ गतेको मनोनयन स्थगित भएपछि ९ गते पनि मनोनयनको मिति सारिएको थियो। तर उक्त दिन पनि विद्यार्थी संगठनबीच सहमति हुन सकेन ।

‘छलफल चलिरहेका बेला पेट्रोल छर्किनेमाथि कारबाही र राजीनामा दिएको निर्वाचन समितिले फेरि काम गर्न पाउँदैन भनेर हामीले मनोनयन रोक्न भनेका हौं,’ अनेरास्ववियूका प्रदेश सचिव कमल रोकायाले भने, ‘काम गर्न सक्दैन भनेर राजीनामा दिएको समितिले कसरी निर्वाचन गराउन सक्छ?’ उनले त्यसपछि विश्वविद्यालय र केन्द्रीय क्याम्पसले विद्यार्थी संगठनलाई निर्वाचनका विषयमा छलफलका लागि समेत नबोलाएको बताए।

मनोनयनको मितिपूर्व स्वतन्त्र विद्यार्थीहरूको समूहले पनि निर्वाचन समितिको कार्यालयमा ताला लगाएको थियो । उनीहरूले निर्वाचनसम्बन्धी संशोधित नियमावलीको विरोधमा ताला लगाएका थिए । पुरानो नियमावलीअनुसार विद्यार्थीको अध्ययनको समय सकिएसँगै स्ववियूको कार्यकाल पनि सकिने व्यवस्था थियो । तर संशोधित नियमावलीमा अध्ययन सकिए पनि कार्यकाल भने निर्धारित समय पूरा हुने व्यवस्था गरिएको छ । उक्त नियमावली विश्वविद्यालयको २०८१ फागुनमा बसेको सिनेटले संशोधन गरेको थियो ।



स्वतन्त्र विद्यार्थीहरूले लगाएको ताला निर्वाचन समितिले एकतर्फी रूपमा तोडेपछि विवाद चर्किएको हो । त्यही विषयमा छलफल भइरहेका बेला झडपको अवस्था सिर्जना भएको हो । अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष दलबहादुर धामीले सत्तारूढ दलकै विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियूले नचाहेका कारण निर्वाचन हुन नसकेको आरोप लगाए । उनले क्रान्तिकारीले निर्वाचनका लागि सक्दो प्रयास गरेको र फेरि पनि तत्काल निर्वाचन घोषणा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिककरणसँगै भ्रष्टिकरणतर्फ अग्रसर गराइएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक व्यवस्थाको मार्गचित्र र विचार असफल भएको दाबी गरे । उनले भने, ‘यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको छ । लाखौं युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ ...
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा. भट्टराईले कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिसेको टिप्पणी गरे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्झौता समारोहमा बोल्दै उनले भने, ‘जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन। हामी विद्युत् बेचेर समृद्धि ल्याउन चाहन्छौं ।’ सरकारले उत्पादन भएको विद्युत् ...
। मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले ...
: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान ...