मुख्य समाचार
बागमतीलाई पूर्ण खोप प्रदेश घोषणा
बागमतीलाई पूर्ण खोप प्रदेश घोषणा

: प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।



संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो। प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो।


कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्‍घाटन गरे। प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाइ दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए। उनले नेपालमा मानिसका साथै पशुपंक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहून् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।


'रोग लाग्न सक्छ। तर, हामीले रोगका कारण र बाटाहरूलाई बन्द गर्ने प्रयास गर्नुपर्छ। त्यसको एउटा उपाय खोप हो। यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु। हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ। उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ। आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौं। त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ। अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ,' प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान प्रदान गरे। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिककरणसँगै भ्रष्टिकरणतर्फ अग्रसर गराइएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक व्यवस्थाको मार्गचित्र र विचार असफल भएको दाबी गरे । उनले भने, ‘यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको छ । लाखौं युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ ...
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा. भट्टराईले कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिसेको टिप्पणी गरे ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्झौता समारोहमा बोल्दै उनले भने, ‘जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन। हामी विद्युत् बेचेर समृद्धि ल्याउन चाहन्छौं ।’ सरकारले उत्पादन भएको विद्युत् ...
। मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले ...
: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान ...