मुख्य समाचार
संयुक्त राष्ट्रसंघको महत्वपूर्ण अंग इकोसकको अध्यक्षमा नेपाल निर्वाचित
संयुक्त राष्ट्रसंघको महत्वपूर्ण अंग इकोसकको अध्यक्षमा नेपाल निर्वाचित

। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो ।

विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए ।




‘अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानताजस्ता बहुसंकटबाट गुज्रिरहेको छ,’ उनले भने, ‘पुन: चर्किएको महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिमहरु, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूका लागि वार्षिक ४० खर्ब डलरको वित्तीय स्रोत अभावको अवस्था छ ।’ यस्तो परिस्थितिमा इकोसोकको भूमिका इतिहासमा सबैभन्दा बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए ।

यसअघि सो पदमा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे थिए । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष रेले थापालाई अध्यक्ष पद हस्तान्तरण गरे ।



आर्थिक तथा सामाजिक परिषद् (इकोसक) संयुक्त राष्ट्रसंघका ६ वटा मुख्य अङ्गमध्ये एक हो । यसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयमा सहकार्य र विकासका क्षेत्रमा काम गर्छ ।

यसमा ५४ सदस्य राष्ट्रहरू सदस्य हुन्छन्, जसलाई महासभाले तीन वर्षका लागि क्षेत्रीय आधारमा निर्वाचित गर्छ । इकोसकले विकासदेखि मानवअधिकारसम्म काम गर्ने संयुक्त राष्ट्रसंघका विशेष एजेन्सीहरू, आयोगहरू र निकायहरूको कामलाई समन्वय गर्छ । यो स्थापना भएको ८० वर्ष पुगिसकेको छ ।

अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने विषयमा निर्णय गर्ने निकाय पनि इकोसक नै हो । स्तरोन्नतिसम्बन्धी विषयमा विकास नीति केन्द्र नामक राष्ट्रसंघीय निकायले गर्ने सिफारिसलाई इकोसकले स्वीकृति प्रदान गरेर महासभामा पेश गर्छ । महासभाले यस सम्बन्धमा अन्तिम निर्णय गर्छ ।

यो निकायले कोही पनि पछि नछुट्ने कुराको सुनिश्चितता गर्दै विश्वको विकास एजेन्डा निर्धारण गर्ने काम यो निकायले गर्नुपर्ने थापाले बताए ।

‘इकोसोक हामी सबैको ठाउँ हो । यसमा संयुक्त राष्ट्रसंघका सबै सदस्य तथा सरोकारवालाको समर्पण, सहभागिता र सक्रिय संलग्नता आवश्यक छ,’ उनले भने ।

थापासँगै आगामी वर्षका लागि चार उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्, जसमा अल्जेरियाका अमार बेन्डजामा, स्पेनका हेक्तर गोमेज हर्नान्डेज, डोमिनिक गणतन्त्रका वेलिङ्टन डारिओ बेन्कोसमे कास्टानोस र आर्मेनियाका परुयर होभानिस्यान छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली कांग्रेसमा लागेको बताएका छन् । सिंहसँग अलि बढी सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने पनि उनले अनुमान लगाए । ‘गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँमा बीपी कोइरालाको बौद्धिकताको प्रभाव अलि भयो । त्यतै जानुभयो,’ उनले ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको नयाँ पुस्ता (जेनजी)लाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन ...
। रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दायर भएको छ । गत साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका-५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध रुकुमपूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरुले नै सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुमदेवी ...
। नेपाल नगरपालिका संघले संघीय सरकारले भूमि विधेयकमार्फत स्थानीय सरकारका एकल अधिकार खोस्ने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले भूमि विधेयकमा रहेका कतिपय प्रावधानमाथि आपत्ति जनाए । उनले संविधानले स्थानीय सरकारलाई दिएका विभिन्न २२ वटा एकल अधिकारहरु छोडिदिए ...
। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए । उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति ...