मुख्य समाचार
एनपीएलबारे हुनुपर्ने छानिबन हुन्छ, दोस्रो सिजन रोकिँदैन : खेलकुदमन्त्री
एनपीएलबारे हुनुपर्ने छानिबन हुन्छ, दोस्रो सिजन रोकिँदैन : खेलकुदमन्त्री

। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लिएर फैलिएको अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार मन्त्रालयमा एक वर्षको कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतियोगिता खेलकुद ऐन, आर्थिक गतिविधि ऐन र खरिद ऐनको पूर्ण पालना गरेर सञ्चालन हुनुपर्नेमा जोड दिँदै पहिलो सिजनबारे उत्पन्न विवादको छानविन हुने र दोस्रो संस्करण पनि नरोकिने स्पष्ट पारेका छन् ।




मन्त्री चौधरीले भनेका छन्, ‘प्रतियोगिता नै रोक्ने खोजिएको अर्थमा गरिएको प्रचार गलत हो। यस्तो प्रचार गर्नेहरु स्वयं एनपीएलविरोधी हुन्’ मन्त्रालयले क्रिकेट संघ र अन्य खेल संघहरूलाई कानुन अनुसार मात्र गतिविधि सञ्चालन गर्न बारम्बार स्मरण गराउँदै उनले थपे, ‘हामीले पटक–पटक कानुन अनुसार गर्नु भनेर चिठी पठाएका छौं।’

मन्त्री चौधरीले एनपीएलको पहिलो संस्करणमा देखिएको आर्थिक अनियमितताबारे अख्तियारमा उजुरी परेको र त्यसको आधारमा छानबिन समिति गठन भइसकेको जानकारी दिए। ‘क्रिकेट संघले छानबिन समितिका पत्रहरूको जवाफ नदिएको र आवश्यक कागजातहरू नपठाएको हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन’ उनले भनेका छन् ।



‘अब छानबिनको जिम्मा अख्तियारलाई दिने कि मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाउने भन्नेबारे छलफल भइरहेको छ। कानुन अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु’ उनले अगाडि भने ।

मन्त्रीले कुनै पनि हालतमा एनपीएल दोस्रो संस्करण भव्य र सभ्य रुपमा सम्पन्न हुने बताए। ‘कुनै पनि सर्तमा, कुनै पनि हालतमा एनपीएल दोस्रो संस्करण भव्य र सभ्य गर्नलाई पनि आदेश र निर्देशन दिन्छु, छानबिनका कुराहरू भइराख्छ, भइराखेको छ र हुन्छ भन्ने तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम