मुख्य समाचार
एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन्
एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन्

। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए ।


‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ’, उनले भने ।

महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए ।



उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।

महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेशागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा लछी सिंहसहित मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए । प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरी चौकी ...
। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् । शुक्रबार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए । उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा ...
। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले ...
। जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरु प्रभावहिन भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताए । उनले भने, ‘राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको लागि जग्गा अधिग्रहण, कित्ताकाट, लगतकट्टा लगायत कार्य सम्पन्न गर्न ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् । पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे । ‘पार्टीभित्र उत्पन्न ...